लमजुङका सबै गाउँमा यसै वर्ष राष्ट्रिय प्रसारणलाइन

लमजुङ– जिल्लाका सबै गाउँमा यसै वर्ष राष्ट्रिय प्रसारणमार्फत विद्युत वितरणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले यसै वर्षभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत वितरणको तयारी गरेको हो । जिल्लाको तीन स्थानीय तहका विभिन्न गाउँमा अझै पनि राष्ट्रिय विद्युत नपुग्दा लघुजलविद्युत मार्फत विद्युतीकरण भएको छ ।

राष्ट्रिय विद्युत वितरण बाँकी रहेका दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गतका सबै गाउँ, मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर–४ अन्तर्गत जगत र च्याम्चे गाउँ र क्होलासोँथार गाउँपालिका–४ अन्तर्गत भुजुङ गाउँमा राष्ट्रिय विद्युत प्रसारण लाइनको अन्तिम तयारी भएको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय प्रसारणमार्फत विद्युत वितरणका लागि सबै स्थानमा संरचना निर्माण भइसकेको छ । अब उपभोक्तालाई मिटर वितरण तथा जडानपछि विद्युत सेवा प्रवाह हुने कार्यालय प्रमुख मेघनाथ भट्टराईले बताए । ‘राष्ट्रिय प्रसारणलाइन पुग्न बाँकी सबै गाउँमा संरचना निर्माण भइसकेको छ,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘यही वर्ष जिल्लाका सबै गाउँमा राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत विद्युत सेवा प्रवाह गराउने तयारी छ ।’

विद्युत वितरण केन्द्र लमजुङका अनुसार सबै वडामा विद्युत पोल र तार जडान भइसकेको र क्होलासोँथारको भुजुङमा पनि मिटर वितरण भइरहेको छ । यसैगरी दूधपोखरीको वडा नम्बर २ मा विद्युत परीक्षण सम्पन्न गरी वडाबासीलाई मिटर वितरणको प्रक्रिया अघि बढेको छ । ‘भुजुङमा राष्ट्रिय प्रसारणलाइन जडानपछि तत्कालै मस्र्याङ्दीको जगत र च्याम्चेमा मिटर वितरण सुरु हुन्छ,’ भट्टरार्ईले भने, ‘यही वर्ष जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सेवा उपलब्ध गराइने हाम्रो तयारी छ, त्यो पूरा पनि हुन्छ ।’

राष्ट्रिय विद्युत नपुगेका गाउँमा स्थानीय नागरिक लघुजलविद्युतकै भरमा बस्न बाध्य भएका छन् । स्थानीयले लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतले गुजारा चलाउँदै आएका हुन् । दशकअघि निर्माण भएका लघुजलविद्युत आयोजनाको भरमा काम चलाउँदै आएका स्थानीयले राष्ट्रिय प्रसारणलाइन नहुँदा अपेक्षित सहज नभएको गुनासो गर्दै आएका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist