बेसीसहरको खर्च एक चौथाइमात्रै !

लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा एक चौथाइ मात्रै खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये पुस मसान्तसम्म २८.५८ प्रतिशत मात्रै खर्च भएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा विनियोजन गरेको बजेट ७७ करोड ५० लाखमध्ये २२ करोड १५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

सार्वजनिक गरेको विवरण अनुसार पहिलो अर्धवार्षिक अवधिमा चालुतर्फ ३५.६७ प्रतिशत र पुँजीगततर्फ १४.४ प्रतिशत खर्च भएको छ । नगरपालिकाले चालुतर्फ कुल बजेट ५२ करोड १० लाखमध्ये १८ करोड ५९ लाख खर्च भएको जनाएको छ । त्यस्तै पुँजीगततर्फ २५ करोड ३९ लाख बजेट रहेकोमा तीन करोड ५६ लाख रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाको क्षेत्रगत खर्च विवरण अनुसार आर्थिक विकासमा १६.२ प्रतिशत मात्रै खर्च भएको छ । सामाजिक विकासतर्फ ३९.३६ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासतर्फ १३.९२ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ५.४६ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३०.४२ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

पुँजीगततर्फ ६ करोड ६१ लाख बजेट विनियोजन भएकोमा एक करोड सात लाख खर्च भएको छ । सामाजिक विकासतर्फ ३५ करोड ४१ लाख बजेट विनियोजन गरेकोमा १३ करोड ९५ लाख खर्च भएको छ । पूर्वाधार विकासतर्फ १९ करोड १० लाख बजेट विनियोजन भएकोमा २ करोड ६५ लाख खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रका लागि २ करोड विनियोजन भएकोमा १० लाख रुपैयाँ खर्च भएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि विनियोजित १४ करोड ३६ लाखमध्ये चार करोड ३६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडागत खर्च विवरण अनुसार वडा नम्वर– १ ले ९.१ प्रतिशत मात्रै खर्च गरेको छ भने वडा–२ ले १९.३९, वडा ३ ले ९.५७ प्रतिशत खर्च गरेको छ । त्यसैगरी वडा ४ ले १.५९ प्रतिशत, वडा ५ ले २०.६६ प्रतिशत, वडा ६ ले २४.९ प्रतिशत, वडा ७ ले १०.१ प्रतिशत खर्च गरेको छ ।

वडा ८ ले २१.१९ प्रतिशत, वडा १० ले ९.१६ प्रतिशत र वडा ११ ले ४.७५ प्रतिशत मात्रै खर्च गरेको छ । नगरपालिकाबाट हुने खर्चमध्ये २३.५६ प्रतिशत खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा पहिलो अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist