डुम्रे–बेसीसहर सडकको लमजुङ खण्डमा लगत कट्टाको तयारी

लमजुङ– डुम्रे बेसीसहर सडकअन्तर्गत लमजुङको पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भएको छ । डुम्रे बेसीसहर चामे सडक योजनाले सो सडक खण्डको पाउदीदेखि बेसीसहरसम्म सडक दायाँबाँया १०/१० मिटर हुनेगरी लगत कट्टा गर्न लागेको हो ।

सडक योजनाले जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार गर्दै पाउदीदेखि बेसीसहरसम्मको सडक दायाँबाँया १०/१० मिटर हुनेगरी लगत कट्टा गराई डुम्रे बेसीसहर चामे सडक योजनाको नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउन आग्रह गरेको हो । २०३४ सालको नेपाल रजपत्रभाग ३ मा उल्लेख भएबमोजिम जिल्ला सडकको मापदण्ड दायाँबाँया १०/१० मिटर कायम भएको र सोहीअनुसार लगत कट्टा गरिदिन सम्बन्धित निकायमा आग्रह गरिएको डुम्रे बेसीसहर चामे सडक योजनाले जनाएको छ ।

सडक मापदण्ड लगतकट्टाको विषयमा मालपोत कार्यालय र नापी कार्यालयमा पठाइएको पत्रको बोधार्थ जानकारी जिल्ला प्रशासन कार्यालय, बेसीसहर नगरपालिका र सुन्दरबजार नगरपालिकामा पनि पठाइएको छ । सडक योजनाले पत्राचार गरे पनि लगतकट्टाको काम भने सुचारु हुन सकेको छैन । लगतकट्टाका लागि अध्ययनसहितको प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्कालै काम सुचारु हुन नसकेको मालपोत कार्यालयले जनाएको छ ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु भएको उक्त सडक बेसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्रयाक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र सुरु भएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र भएकोे थियो । कालोपत्रे भएपछि समय समयमा मर्मत सम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो ।

उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन आवतजावत गर्दै आएका छन् । डुम्रे बेसीसहर सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । केही वर्ष अघिदेखि डुम्रे–बेसीसहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण सुरु भएको सो सडक पहिलो चरणमा आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म दुई लेन सडक बनाउन थालिएको हो ।

सडक योजनाका अनुसार लगत कट्टाभएको १०/१० मिटर जमिनमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको भारवाहन रहेको सो सडक दुई लेनको भएसँगै अब सात मिटरको हुने आयोजनाले जनाएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने आयोजनाले जनाएको छ ।

डुम्रे बेसीसहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको लमजुङ खण्ड पाउदीदेखि बेसीसहरसम्म १८ किलोमिटर र तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist