मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा शिलान्यास गरेका छन् ।

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा (११) को उपदफा (१) बमोजिम गाउँपालिकाको लागि संघीय सरकारको ६०/४० को अनुपातमा अनुदान उपलब्ध गराउन सक्ने प्रावधान रहेकाले ८ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभीले २०८० जेठ २३ गते भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ९५ पैसामा सम्झौता गरेको छ । यसमा संघीय सरकारले ६० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत लगानी गर्नेछ । निर्माण व्यवसायीले प्रशासकीय भवनको निर्माणकार्य २०८२ जेठ २३ गते भित्र सक्ने गरी सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए।

प्राविधिक शाखा प्रमुख ईन्जिनियर सुरेश गाैतमका अनुसार भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने छन् । भवनमा कूल २५ वटा कोठा रहने उनले बताए । भवनमा अध्यक्ष र उपाध्यक्षको अलग–अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर, बेशमेन्ट पार्किङलगायत रहनेछन् ।

प्रशासकीय भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिइएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । भवन निर्माणकार्य समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गर्दै गाउँपालिकाको कार्यालय र जनप्रतिनिधिको तर्फबाट पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता जनाए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist