मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा शिलान्यास गरेका छन् ।

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा (११) को उपदफा (१) बमोजिम गाउँपालिकाको लागि संघीय सरकारको ६०/४० को अनुपातमा अनुदान उपलब्ध गराउन सक्ने प्रावधान रहेकाले ८ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभीले २०८० जेठ २३ गते भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ९५ पैसामा सम्झौता गरेको छ । यसमा संघीय सरकारले ६० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत लगानी गर्नेछ । निर्माण व्यवसायीले प्रशासकीय भवनको निर्माणकार्य २०८२ जेठ २३ गते भित्र सक्ने गरी सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए।

प्राविधिक शाखा प्रमुख ईन्जिनियर सुरेश गाैतमका अनुसार भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने छन् । भवनमा कूल २५ वटा कोठा रहने उनले बताए । भवनमा अध्यक्ष र उपाध्यक्षको अलग–अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर, बेशमेन्ट पार्किङलगायत रहनेछन् ।

प्रशासकीय भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिइएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । भवन निर्माणकार्य समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गर्दै गाउँपालिकाको कार्यालय र जनप्रतिनिधिको तर्फबाट पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता जनाए ।

लोकदृश्य
+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist