नागरिकप्रति जवाफदेही बन्न मर्स्याङ्दी गाउँपालिकाकाे माघ ५ गते सार्वजनिक सुनुवाइ

लमजुङ । गाउँपालिकाले गरेको काम, कार्बाहीको बारेमा आम नागरिकहरूलाई जानकारी गराउने र पृष्ठपोषण संकलन गर्ने उदेश्यले मर्स्याङ्दी गाउँपालिकाले यही माघ ५ गते शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ३ भुलभुलेको सामुदायिक भवनमा चालु आर्थिक वर्षको अर्धबार्षिकमा भए गरेका विकास निर्माण र सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए। उनका अनुसार विकास निर्माणप्रति नागरिकको धारणा र सुझाव संकलनको लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई आयोजना गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सार्वजनिक निकायबाट दिइने सेवा, सुविधा, बस्तु तथा संचालन हुने कार्यक्रमको प्रभावकारिता, गुणस्तरीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम फलदायी हुने बताए । सार्वजनिक सुनुवाई जवाफदेहिताको महत्वपूर्ण औजार रहेकाले नागरिकसँग दोहोरो संवाद स्थापित गर्न, गाउँपालिकाको समग्र विकासबारे नागरिकले बुझ्न पाउने र नागरिकको रचनात्मक प्रतिक्रिया पाउने भएकाले यसबारे आगामी योजना निर्माण तथा विकास तथा समृद्धिमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

अध्यक्ष गुरुङले नागरिकको सहभागिताबाट थप पारदर्शीता, विकास निर्माण र सेवाप्रवाहलाई गुणस्तरीय तथा प्रभावकारी बनाउँदै जिम्मेवारीको संस्कार बसाउन सार्वजनिक सुनुवाइ गर्न लागिएको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिताको लागि गाउँपालिकाले सरोकारवाला, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, युवा क्लब, आमा समूह, बुद्धिजीवी वर्ग एवं सवै नागरिकलाई अनुरोध गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ पटक सार्वजनिक सुनुवाइ गर्ने योजना अघि सारेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist