रूस-युक्रेन युद्वमा लमजुङका एक युवाकाे निधन



लमजुङ । रूस-युक्रेन युद्वमा लमजुङका एक युवाकाे निधन भएकाे छ । रुसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका–१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएकाे हाे ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियाे । जर्मनमा रहेका उनका भाइ कुमारले परिवारलाई खबर पठाएका थिए ।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमारलाई खबर पठाएका थिए ।

गत असाेज २ गते उनी रूस गएका थिए। `हामिलाई त रूसी सेनामा गएकाे नि थाहा थिएन । माल्टामा छु भन्थ्याे´, मृतकका बुवा श्रीमान गुरूङले भने, `अस्ति रूस-युक्रेन युद्वमा बित्याे भनेपछि खङ्रङ्ग भयाैं ।´

साजनले पुसकाे १६ गते श्रीमती सीतालाई भिडियाे कल गरेका थिए । ´राती ८ बजेतिर फाेन आएको रैछ, बुवाकाे मुख हेर्छु भनेछ, बुहारीले फाेन दिएकाे २ सेकेन्डमै फाेन काटियाे। न छाेराले देख्न पायाे, न मैले´, बुवा श्रीमानले भने ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री...

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।...

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का...

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक...

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।नेकपा एसका पूर्व...

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको...

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा...

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist