पुस १८ देखि २२ सम्म सरस्वती सदनकाे स्वर्ण महोत्सव, तयारी भब्य !



लमजुङ । मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्वर ९ मा रहेको सरस्वती सदन आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाउन भब्य तयारी गरेकाे छ । विद्यालय स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा विबिध कार्यक्रम सहित स्वर्ण महोत्सव मनाउन लागिएको हो । 

विद्यालयले पुसकाे १८ देखि २२ गतेसम्म विबिध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक रामचन्द्र घिमिरेले जानकारी दिए । 

घिमिरेका अनुसार पुस १८ गते मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विद्यालयस्तरीय विबिध कार्यक्रम एवं प्रतियोगिता हुने भएको छ । स्वर्ण महोत्सवको औपचारिक उद्घाटन भने विशेष समारोहका विच पुस २० गते हुनेछ । त्यसैगरी विद्यालयमा लोक गित प्रतियोगिता, बाजा प्रस्तुती, आमा समुह नृत्य प्रतियोगिता सँगै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने विद्यालयले जनाएको छ । 

विद्यालयले महोत्सवबाट विद्यालय र समुदाय विच सुमधुर सम्बन्ध कायम गराउने, बालमैत्री र प्रविधिमैत्री सिकाईमा जोड दिँदै सिकाई उपलब्धि वृद्धि गराउने, अभिभावकको माग अनुसार प्राथमिक तहसम्म अंग्रेजी भाषामा पठनपाठन गराउने लगायतका लक्ष्य राखेको छ ।

त्यसैगरी लगनशील, सक्षम र अनुशासित विद्यार्थी उत्पादनमा जोड दिने, कम उमेरका वालवालिको लागि प्ले ग्रुप कक्षा व्यवस्थापन गर्ने लगायतका लक्ष्य राखिएको विद्यालयले जनाएको छ । 

स्थापनाकालदेखि हालसम्म विद्यालयमा विभिन्न तवरबाट योगदान गर्ने संस्थापक जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, आजिवन सदस्य लगाएत सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं संवरण महाेत्सव मुल समाराेह समितिका संयाेजक रामबहादुर परियारले जानकारी दिए ।

गुणस्तरीय शिक्षाको विकाससंगै विद्यालयको सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्दै समय अनुकुल प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्ने, सुरक्षित र वालमैत्री पठनपाठन क्रियाकलापमा जोड दिँदै मर्स्याङ्दी गाउँपालिकाकै नमुना विद्यालयको रुपमा स्थापना गर्ने लक्ष्य विद्यालयले राखेको छ । 

स्वर्ण महोत्सवलाई सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारको संयोजकत्वमा मुल समारोह समिति र विभिन्न १२ वटा उपसमिति गठन भएको छ ।

गत शुक्रबार बेंसीसहरमा पत्रकार सम्मेलन गरि संवरण महाेत्सवबारे जानकारी दिईएकाे थियाे । साे अबसरमा वडाअध्यक्ष हरिशचन्द्र थापा, कार्यपालिका सदस्य मधुमाया बगाले, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं प्रचार प्रसार उपसमिति संयोजक रामबहादुर थापा, पुर्व अध्यक्ष एंव आर्थिक उपसमितिका संयाेजक सुवेदार नन्दराज भण्डारी, मञ्च ब्यवस्थापन उपसमिति संयाेजक रणबहादुर भण्डारीलगायत विभिन्न उपसमिति संयोजकहरुको विशेष उपस्थिती रहेको थियो । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist