मर्स्याङ्दीमा सहकारी अध्ययन गर्न अनुगमन समिति गठन



लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले सहकारी संस्थाहरूमा देखिएकाे बचत हिनामिना लगायतका समस्याहरूकाे छानविनका लागि अध्ययन अनुगमन समिति गठन गरेको छ । 

गाउँपालिका भित्र कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएका केही सहकारी संस्थामा बेलाबेलामा बचत हिनामिना गरेको गुनासो आएकोले सोको वास्तविकता पत्ता लगाउन अध्ययन अनुगमन समिति गठन गरेको हो । 

मंसिर २५ गते सोमवार बसेको गाउँ कार्यापालिकाको बैठकले मर्स्याङ्दी-५ का वडा अध्यक्ष एवं लेखा समिति संयोजक घनश्याम घले संयोजक रहने गरी ५ सदस्यीय समिति गठन गरेकाे छ । समितिको सदस्यहरुमा गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन चपाई, मर्स्याङ्दी गाउँपालिका सहकारी समन्वय समितिको अध्यक्ष लेखमान कतिला, मर्स्याङ्दी गाउँपालिकाको सहकारी फोकल पर्सन नन्दराज गुरुङ र समितिले चयन गरेको सहकारीको लेखा हेर्न सक्ने एक जना विज्ञ रहने छन् । 

पालिका भित्र रहेको  ताघृङ घेर्मु साकाेस, कालिका साकाेस, गणेश साकाेसलगायतका सहकारीमा बचत फिर्ता सम्बन्धि समस्या पालिकामा पुग्ने गरेकाे छ । गुनासा आएका सहकारीकाे  वास्तविक अवस्था पत्ता लगाउन पिडित पक्ष र नियामक निकाय बीचको समझदारीमा गाउँ कार्यपालिका बैठकबाट सर्वसम्मतीमा  सहकारी संस्था अध्ययन अनगुमन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist