मर्स्याङ्दीमा सहकारी अध्ययन गर्न अनुगमन समिति गठन



लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले सहकारी संस्थाहरूमा देखिएकाे बचत हिनामिना लगायतका समस्याहरूकाे छानविनका लागि अध्ययन अनुगमन समिति गठन गरेको छ । 

गाउँपालिका भित्र कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएका केही सहकारी संस्थामा बेलाबेलामा बचत हिनामिना गरेको गुनासो आएकोले सोको वास्तविकता पत्ता लगाउन अध्ययन अनुगमन समिति गठन गरेको हो । 

मंसिर २५ गते सोमवार बसेको गाउँ कार्यापालिकाको बैठकले मर्स्याङ्दी-५ का वडा अध्यक्ष एवं लेखा समिति संयोजक घनश्याम घले संयोजक रहने गरी ५ सदस्यीय समिति गठन गरेकाे छ । समितिको सदस्यहरुमा गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन चपाई, मर्स्याङ्दी गाउँपालिका सहकारी समन्वय समितिको अध्यक्ष लेखमान कतिला, मर्स्याङ्दी गाउँपालिकाको सहकारी फोकल पर्सन नन्दराज गुरुङ र समितिले चयन गरेको सहकारीको लेखा हेर्न सक्ने एक जना विज्ञ रहने छन् । 

पालिका भित्र रहेको  ताघृङ घेर्मु साकाेस, कालिका साकाेस, गणेश साकाेसलगायतका सहकारीमा बचत फिर्ता सम्बन्धि समस्या पालिकामा पुग्ने गरेकाे छ । गुनासा आएका सहकारीकाे  वास्तविक अवस्था पत्ता लगाउन पिडित पक्ष र नियामक निकाय बीचको समझदारीमा गाउँ कार्यपालिका बैठकबाट सर्वसम्मतीमा  सहकारी संस्था अध्ययन अनगुमन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए 

लोकदृश्य
+ posts

ताजा खबर

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित...

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist