दश वर्षभित्र देश आमुल परिवर्तन गर्छाैः रास्वपा उपसभापति अर्याल



लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद (डीपि) अर्यालले आगामी १० वर्षभित्रमा आमूल परिवर्तन गर्दै देश बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बुधबार बेसीशहरमा आयोजना गरेको कार्यकर्ता तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी चुरुस्त दुरुस्त, इमान्दार नेता तथा कार्यकर्ता उत्पादन र मुलुक परिवर्तनका लागि योजना निर्माण भयो भने देश बन्ने र त्यो काम आफ्ना पार्टीले गर्ने उनले बताए ।

उने भने, `दश वर्षभित्रमा हामीले केही गर्न सकेनौ भने त्यस पछाडी हामीले पनि केही गर्न सक्दैनौ, त्यसपछि गर्छु भन्ने कुरा बेकारको हुन्छ ।´ उनले भने, `हाम्रो जुन हुटहुटी छ, रमान्दारीता छ, जुन चोर्न हुन्न, ठग्न हुन्न, लुट्न हुन्न भन्ने कुरा १० वर्षभन्दा बढी समयसम्म पार्टीमा टिक्न नसक्ने बताउदै यही समाजका भोका, भ्रष्ट मान्छे जोडिदै जाने भएकाले देश बनाउन नसकिने बताए। त्यस्तै, उनले पार्टी खोलेको डेढ वर्ष भएकाले पार्टी कार्यकर्तालाई नेता बन्न हतार नगर्न र पालो कुर्नुपर्नेमा जोड दिए । त्यस्तै, मन्त्री बन्ने, गाडी चढेर हिड्ने कुनै लोभ छैन, आफूले जीवनमा अर्को पार्टीमा जाने सोच्दै नसोच्ने र कुनै पार्टीले प्रधानमन्त्रीको अफर गरेपनि अस्विकार गर्दै यही पार्टीमै बस्ने उनले बताए। उपसभापति अर्यालले देश नेताको भागबण्डामा चलिरहेको आरोप लगाउँदै न्यायादिश, राजदूत सबै भागबण्डा गर्छन् यसरी गएको मान्छेसँग कुनै बौद्धिक क्षमता नै नभएका मान्छेहरुले देश र जनताको काम गर्न नसक्ने उनले दावी गरे ।

त्यस्तै, हाम्रा भन्दा पनि साना देशहरुमा पनि संघीयता राम्रोसँग कार्यान्वन भइरहेको उदारण भएको बताउँदै उनले बौद्धिक क्षमता र इमान्दारीता भएन भने कुनै व्यवस्था आएपनि मुलुकमा केही नहुने बताए । प्रदेश संरचना भद्धा र कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ भएकाले मोडफाइ गर्दै मोडेल फेर्नुपर्ने बताए। तर अहिलेको संविधानलाई हतार गरेर चलाउनु भने पर्दैन, यद्यपी संविधान सच्याउन धेरै बाँकी छ विस्तारै सच्याउँदै अघि बढ्नुपर्ने धारणा उनले राखे।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist