कालिका सहकारी ठगी प्रकरण : मुख्य दाेषी घिमिरे दम्पती एकसातादेखि फरार



लमजुङ । सदरमुकाम बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे रकम अपचलनकाे मुद्दामा ६ जना सञ्चालकलाई पक्राउ गरे पनि मुख्य दोषी भनिएका २ जना १ सातादेखि फरार छन् ।

सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीका अध्यक्षसहित ६ जनालाई मंसिर १० गते आइतबार पक्राउ गरेको थियो । तर, मुख्य दोषी देखाइएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती तत्कालीन कालिका सहकारीका प्रबन्धक हाल एकीकरणपछि बनेको कालिका सहकारीका कोषाध्यक्ष विनिता घिमिरे फरार छन् ।

सहकारी रजिष्ट्रार कार्यालयले गरेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक गतिविधि तथा वित्तीय विवरण सम्बन्धमा गरिएको छानबिनउपर रायसहितको प्रतिवेदनमा घिमिरे दम्पतीलाई मुख्य दाेषी देखाएकाे थियाे ।

३५ भन्दा बढी निक्षेपकर्ताले बचत फिर्ता नपाएकाे निवेदन परेपछि लमजुङ प्रहरीले कात्तिक ३ गते एक सूचना जारी गरी मंसिर १० गतेभित्रमा बचतकर्ताहरुलाई उजुरी दिन आग्रह गरेको थियो ।

सूचनाको म्याद सकिएको दिन सहकारीका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाइ, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई पक्राउ गरे पनि घिमिरे दम्पती भने फरार हुन सफल भएका हुन् । उनीहरुलाई राजनीतिक संरक्षण र प्रहरीले नै भगाएको आरोप छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले भने फरार रहेकाको खोजी तीव्र पारिएको बताएका छन् ।

मुख्य दोषीलाई पक्राउ नगरी आफूहरुलाई मात्रै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको भन्दै थुनामा रहेकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । थुनामा रहेका मिलन शर्मा दनाईले मुख्य दाेषी समातिनुपर्ने र न्यायिक छानविनकाे माग राख्दै अनशन सुरू गरेका छन् ।

यसैबीच, कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडसम्बद्ध थप २६ जनालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएपनि प्रहरीले कसैलाई पनि पक्राउ गरेकाे छैन्।

पक्राउका लागि अदालतले आदेश दिनेहरुमा साविक कालिका साकोसका सचिव एवं वर्तमान सदस्य मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख समेत रहेका हरिबाबु थापा, तैमाया गुरुङ, प्रकाश खनिया, टीकाराम वाग्ले, रमादेवी शर्मालगायत छन् ।

अदालतले पक्राउ गर्न अनुमति दिएको तैमाया गुरुङ सहकारीका विरुद्ध संगठित समूह बनाई सहकारीलाई अप्ठ्यारो अवस्थामा पुर्याउन उद्दत महिला हुन् । उनको सम्पत्ति समेत सहकारी रजिष्ट्रारको कार्यालयले रोक्का गरेको छ । सहकारी रजिष्ट्रार कार्यालयले गरेको छानविनमा उनलाई समेत दोषी देखाइएकोमा उनकै नेतृत्वमा प्रहरीमा उजुरी परेको भए पनि अदालतले उनलाई समेत पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

२०५६ मंसिर ६ गते डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता गरेर सञ्चालनमा रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७७ असार १ गते साविकको सम्पदा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एकीकृत गरी कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सहकारी सञ्चालन गर्दै आएको छ । यसअघिको कालिका सहकारीमा भएको समस्याका कारण अहिलेको सहकारीलाई अप्ठ्यारो परेको सञ्चालकहरु बताउँछन् ।

बेंसीसहर नगरपालिका-८, शेरामा कार्यालय रहेको कालिका सहकारीको मध्यनेपाल नगरपालिका-७ मा रामबजार सेवा केन्द्र, सुन्दरबजार नगरपालिका ८ मा सुन्दरबजार सेवा केन्द्र, दोर्दी गाउँपालिका ४ मा दोर्दी सेवा केन्द्र रहेका छन् । यो सहकारीको ४ हजार ५ सय ९ जना सेयर सदस्य रहेको र शेयर रकम २ करोड ११ लाख ९ हजार ७ सय रुपैयाँ रहेको सहकारी रजिष्ट्रार कार्यालयका तर्फबाट छानबिनकर्ता निर्मल गौतमको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तत्कालीन कालिका सहकारीका अध्यक्ष एवं एकीकरण अभियानका संयोजक मृगेन्द्र घिमिरे, घिमिरेपत्नी बिनिता घिमिरे (अधिकारी) र एकीकरण समितिका आर्थिक विश्लेषण उपसमितिका संयोजक एवं लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई बढी दोषी देखाएको छ । उनीहरुले अनुसन्धान नै प्रभावित पार्न कार्यालयका प्रमाण तथा तथ्यांकहरु नस्ट गर्ने, व्यक्तिगत लाभ उठाउने मनसायले बचतकर्ताको सम्पती आफ्नो नाममा पास गराएर बचतकर्तालाई ठगी गर्नेजस्ता कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist