एमालेकाे झुलाघाट-चिवाभञ्याङ यात्रा : लमजुङकाे सुन्दरबजारमा आज बृहत् आमसभा



लमजुङ । नेकपा एमालेकाे मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली शुक्रबार (आज) लमजुङ आउनेभएकाे छ ।

झुलाघाटबाट अभियान सुरु भएको नवौँ दिन टोली लमजुङ आउन लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरूलाई लमजुङ प्रवेश गर्नासाथ बाजागाजा फुलमालाले भव्य स्वागतकाे तयारी गरिएकाे छ । लमजुङको रामबजार, भाेर्लेटारमा स्वागत, सुन्दरबजारमा आमसभापछि टाेलीलाई राईनासकाे धमिलिकुवामा स्वागत गरि गाेर्खा पुर्याएर विदाई गरिनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्ने सुन्दरबजार खत्रीठाँटीकाे आमसभामा १५ हजार नेता कार्यकर्ताकाे सहगागिता गराउने तयारी गरिएकाे छ ।

साे आमसभामा लमजुङको मात्रै १० हजार भन्दा बढी कार्यकर्ता उत्तार्ने भएको छ । यहाँ छिमेकी जिल्ला तनहुँ र गाेर्खाका समेत मिसिनेछन् ।

एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार आमसभामा लमजुङसहित छिमेकी जिल्ला गोरखा र तनहुँका गरी १५ हजार कार्यकर्ता सहभागी हुनेछन् । आमसभालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न नेकपा एमालेको सबै संयन्त्रले सक्रियताका साथ काम गरिरहेको उनले बताए । आमसभा, स्वागत गेट, अतिथि भाेजनकाे तयारी पूरा भएकाे उनले बताए ।

सभामा जिल्लाको ८ वटै पालिकाका नेता कार्यकर्ताहरूकाे सहभागिता हुनेछ । जिल्ला सचिव सुभाष पाैडेलका अनुसार आमसभामा लमजुङको पहिचान झल्किने खालको नाचगान र झाँकी साथै लमजुङको पहिचान झल्किने तथा पाइने जडिबुटी, कृषि उत्पादन तथा हस्तकलाको प्रदर्शनी गरिने भएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist