लमजुङमा राती १० बजेपछि देउसीभैलाे खेल्न प्रतिबन्ध



लमजुङ । तिहारकाे समयमा लमजुङमा राती १० बजेपछि देउसी भैलाे खेल्न नपाईने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हाे । बिहान ७ बजेदेखि राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले तोकिएको समयमा पनि मर्यादित तवरले र शान्ति सुरक्षामा असर नपर्ने गरी देउसीभैलो खेल्न भनेको छ । धेरै रातीसम्म देउसीभैलाे खेल्दा झै–झगडा हुन सक्ने र यसले घटना दुर्घटना भएर ज्यान समेत जान सक्ने भएकाले रातीको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

चाडपर्वको अवसरमा मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं भै–भगडा गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनले नागरिकमा आग्रह गरेको छ । आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन नगरी सार्वजनिक यातायात र जनजीवनलाई नकारात्मक असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा देउसीभैलो लगायतका कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले पटका, आतिसबाजी जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कानून विपरीतका काम गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई...

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

  लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन...

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

  लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् ।...

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

  लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारहरुको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ ।...

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

  लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन्...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist