लमजुङमा राती १० बजेपछि देउसीभैलाे खेल्न प्रतिबन्ध



लमजुङ । तिहारकाे समयमा लमजुङमा राती १० बजेपछि देउसी भैलाे खेल्न नपाईने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हाे । बिहान ७ बजेदेखि राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले तोकिएको समयमा पनि मर्यादित तवरले र शान्ति सुरक्षामा असर नपर्ने गरी देउसीभैलो खेल्न भनेको छ । धेरै रातीसम्म देउसीभैलाे खेल्दा झै–झगडा हुन सक्ने र यसले घटना दुर्घटना भएर ज्यान समेत जान सक्ने भएकाले रातीको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

चाडपर्वको अवसरमा मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं भै–भगडा गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनले नागरिकमा आग्रह गरेको छ । आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन नगरी सार्वजनिक यातायात र जनजीवनलाई नकारात्मक असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा देउसीभैलो लगायतका कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले पटका, आतिसबाजी जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कानून विपरीतका काम गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist