लमजुङ । यहाँकाे मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेकाे छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाे हाे।
गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई उपचारका लागि जिल्ला अस्पताल सम्म जानका लागि नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
आर्थिक अवस्था कम्जोर भएका ज्येष्ठ नागरिकहरुलाई सहज हुने र सजिलोसँग अस्पताल आउन सक्ने भएकाले नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाका विभिन्न भुभागहरु भौगोलिक रुपमा विकट रहेको र छिटो छरितो रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएकोे हो । आधारभूत स्वास्थ्य सुविधा पाउने भए पछि ज्येष्ठ नागरिकहरुमा उत्साह थपेको अध्यक्ष गुरुङले बताए ।
घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित, असहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष जुनामाया थापाको भनाई छ ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link