लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ : राइनासको मार्गदर्शन सहकारी प्रथम




लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा रहेको एकीकृत कृषक सहकारी संस्था लिमिटेड द्धितीय भयाे भने सुन्दरबजार नगरपालिका–७ मा रहेको मजुवा मिश्रित कृषक समूह तृतीया भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल टिमलाई पुरस्कारस्वरुप क्रमश : नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।

गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्वन गर्ने उद्धेश्यले जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरिएकाे कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

गीतकोे माध्यमबाट नवीनतम कृषि प्रविधि, कृषिका सम्भावना, अवसर लगायत कृषिसंग सम्वन्धित विविध पक्षका विषयमा समुदायमा सचेतना फैलाउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रमुख खतिवडाले बताए । प्रतियोगितामा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह, सहकारी गरी पाँच वटा समूह सहभागी थिए ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख खतिवडाको अध्यक्षता एवं जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निर्णायक मण्डलमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी थिए।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बालि संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए।

लोकदृश्य
+ posts

ताजा खबर

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई...

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

  लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन...

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

  लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् ।...

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

  लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारहरुको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ ।...

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

  लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन्...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist