लम्पिस्किन पीडितलाई राहत दिने मर्स्याङ्दी-९ काे तयारी !



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ ले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।

लम्पी स्किन राेगका कारण पशु चाैपाए मरेका किसानलाई क्षतिपूर्ति स्वरूप केही राहत र राेगी पशुकाे उपचार गरेका किसानलाई खर्चकाे ५० प्रतिशत राहत दिने सम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

शुक्रबार वडामा भएकाे अगुवा कृषक भेलामा वडा अध्यक्ष हरिश्चन्द्र थापाले लम्पी स्किनबाट मरेका पशु चाैपायलाई कम्तिमा ५ हजारका दरले राहत दिने प्रस्ताव राखेका छन् । यस्तै किसानले नै उपचार गरिरहेका पशुचाैपायलाई ५० प्रतिशत खर्च सहयाेग गर्ने वडाअध्यक्ष थापाले बताए ।

भेलामा किसानहरूले लम्पी स्किन राेगले केही पशुचाैपाय मर्न थालेका र धेरै विरामी पर्दापनि पशु प्राविधिककाे सहयाेग नपाएकाे गुनासाे गरेका थिए ।

पालिका स्तरीय किसान सञ्जालका अध्यक्ष भिष्मकान्त कुईकेल, किसानहरू तेजबहादुर गुरूङ, टिकाराम पाैेडेल, वसन्त पाण्डे, आनन्द सुवेदीलगायतले लम्पी स्किन पीडितलाई राहत दिन माग गरेका थिए ।

वडाअध्यक्ष थापाले वडास्तरीय कृषि सञ्जाल र वडाकाे बैठक बसेर राहत घाेषणा गरिने जानकारी दिए । भेलाले टिकाराम पाैडेलकाे अध्यक्षतामा नाै सदस्यीय समिति गठन गरेकाे छ ।

देशभर फैलिएकाे लम्पी स्किनले लाखाैं पशुचाैपाय विरामी भएका छन् । हजाराैं मरेका छन् । तर, पीडित किसानका लागि संघ, प्रदेश र स्थानीय सरकारले राहत घाेषणा गर्न सकेका छैनन् ।

मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ ले थाेरै भएपनि राहतकाे घाेषणा गर्दा किसानहरू खुसी भएका छन् ।

भेलालाइ संवाेधन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले किसानहरूलाई लगनशिल र धैरेयताकासाथ ब्यवसायिक कृषिमा लाग्न आग्रह गरे । उनले अब निर्वाहमुखि नभई ब्यवसायिक रूपले लाग्न सुझाव दिए । कृषि पशुकाे लागि पालिकाले २ कराेड विनियाेजन गरेकाेमा कृषि एम्बुलेन्सका लागि २० लाख, कृषि उपज संकलन केन्द्रका लागि ५ लाख र अन्य रकम सबै वडामा वितरण गरिएकाे बताए ।

वडा नं. ९ लाई कृषिमा १४ लाख र पशुतर्फ ८ लाख बजेट विनियाेजन भएकाे कार्यपालिका सदस्य मधुमाया बगालेले बताईन् ।

के हाे लम्पी स्किन राेग ?

गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist