लमजुङ । शनिबार दिउसाेदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, चनाैटे, पुमाखाेलालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । बेसीसहर-६ गाेताङथाेक निवासी बाबुराम बाेहाेराका अनुसार खरखरे भीरमा पैदल हिड्नसमेत नमिल्ने गरि सडक पहिराे गएकाे छ । बाेहाेराका अनुसार बिहानै सदरमुकाम बेसीसहर जान हिडेका यात्रुहरू खरखरेबाट फर्किएका छन् ।
बेँसीसहर–चामे सडक मनाङ र लमजुङ जोड्ने एकमात्र सडक हो।
खरखरेमा सडक भासिनुकाे साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।
यस्तै यस सडक खण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको स्थानीयवासीको भनाइ छ।
यस सडकमा बर्सेनि पहिराेले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















