पोखराको सडक कार्यालयमा हुँदा ९ लाख रुपैयाँ घुससहित कुनै बेला पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा समातिएका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट शुक्रबार पक्राउ गरेको हाे। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेकी हुन्।
बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















