लमजुङ । विहिबार लमजुङ सदरमुकाम बेसीशहरमा बस दुर्घटनामा परी घाईते भएकी युवतीको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
राइनास नगरपालिका–९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो चितवन मेडिकल कलेजमा मृत्यु भएको हाे ।
विहीबार दिउँसो बेसीशहर नपा–८ शेरा स्थित पृथ्वी राजमार्ग बस काउण्टर नजिकै ओरालाेमा यात्रु चढाउन रोकेर राखेको ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेपछि दुर्घटना भएको थियो ।
बसबाट हामफाल्ने क्रममा गम्भिर घाईते भएकी गुरुङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
दुर्घटनामा परी ६ जना घाइते भएका थिए ।
तस्विर : जीवि घिमिरे
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















