लमजुङमा बाटाे छेकेर सुनकाे सिक्री लुट्ने युवक पक्राउ



लमजङ । लमजुङमा बाटाे छेकेर महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्याम चन्द्र खतिवडा हुन् ।

उनले साउन १ गते सोमबार राइनास नगरपालिका–६ स्थित जंगलमा बाटाे छेकेर एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भागेका थिए ।

साँझ साढे ४ बजेको समयमा लक्ष्मी नेपालीको पिछा गरी उनको घाँटीबाट १ तोला २१ लालको सुनको सिक्री लुटेर भागेको प्रहरीले जनाएको छ । नेपाली पाेखरादेखि राईनास माइती जान लागेकि थिईन् ।

घट्ना लगत्तै पीडित महिला र स्थानीयहरुले स्थानीय प्रहरी चौकीमा खबर गरेपछि केहिबेरको खोजतलासमै घटनास्थलबाट नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

उनका अनुसार खतिवडालाई मंगलबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 

मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेकाे डिएसपी श्रीमलले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist