लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको आर्थिक बर्ष २०७९/०८० मा ८३.७१ प्रतिशत प्रगति भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारीका अनुसार संघ सरकार र प्रदेश सरकार अन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरेकोमा संघ र प्रदेश गरी दुवैतर्फ ८३.७१ प्रतिशत वित्तिय प्रगति भएको छ ।
जसमध्ये चालु तर्फ ८३.० प्रतिशत र पुँजीगत तर्फ ८९.८४ प्रतिशत वित्तिय प्रगति भएको परियोजनाका प्रमुख अजय अधिकारीले बताए ।
परियाेजनाका कृषि अधिकृत हरि मिजारका अनुसार कार्यालयले प्रदेशको चालु तर्फ ९९ दशमलव शुन्य एक प्रतिशत र पुँजीगत तर्फ ६७ दशमलव ६१ प्रतिशत प्रगति भएको छ । त्यसैगरी संघीय कार्यक्रमको ९९ दशमलव ९९ प्रतिशत चालु तर्फ र ८० दशमलव ४१ प्रतिशत पुँजीगत प्रगति भएको कार्यालयले जनाएको छ ।
कार्यालयले भौतिक प्रगती ९१.४५ प्रतिशत गरेको छ । पुँजीगत तर्फ एकसय प्रतिशत र चालु तर्फ ९०.४६ प्रतिशत भौतिक प्रगती गरेको कार्यालयले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















