कृषि ज्ञान केन्द्र लमजुङको संघतर्फ ५४.५४ र प्रदेशतर्फ ७७.२१ प्रतिशत प्रगति

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक बर्ष २०७९/०८० मा प्रदेश तर्फको कार्यक्रममा ७७.२१ प्रतिशत प्रगति भएको जनाएको छ । प्रदेश सरकारबाट प्राप्त पूँजीगत कार्यक्रममा ९९.७१ प्रतशित र चालुतर्फ ७६.३२ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुदिप खतिवडाले जानकारी दिए ।

कार्यालयका अनुसार संघीय सशर्ततर्फ जम्मा ५४.५४ प्रतिशत प्रगति भएको छ । संघीय सशर्तमा कृषि विकास रणनीतितर्फ ९८.५३ प्रतिशत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक मा ७३.६७, कृषि विभागतर्फ ५०.२९ प्रतिशत मात्र प्रगति हुन सकेको कार्यालय प्रमुख खतिवडाले बताए ।

चालु आर्थिक बर्षको अवधिमा करीब ७५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधामा सहजता भएको, ३४ जना किसानहरु ब्यवसायीक उत्पादनतर्फ उन्मुख भएका र करीब ७५ मेट्रिक टन ताजा तरकारी उत्पादनमा सहयोग पुगेको उनले जानकारी गराए ।

त्यस्तै करीब २ मेट्रिक टन सेरेना मौरीको मह उतपादन तथा बजारीकरणमा सहयोग गरिएको र स्थानीय तहमा सञ्चालित शिविरमार्फत ३ सय वटा माटोको नमूना परीक्षण गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए ।

यसबर्ष चारसय जना किसानको क्षमता अभिबृद्धि गरिएको, स्थानीयस्तरमा कार्यरत कृषि प्राविधिक तथा कृषि कार्यक्रमलाइ थप प्रभावकारी बनाउन र जिल्लास्थित तथ्याङ्क ब्यवस्थापनका लागि सहजीकरण गरिएको र विपन्न समुदायमा आय आर्जनका श्रोतको विकासहुँदा जीवनयापनमा सुधार भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले अपेक्षित प्रगति हासिल गर्न नसक्नाका कारणबारे जानकारी दिँदै कार्यालय प्रमुख खतिवडाले मसलाबाली विकास कार्यक्रम, सामुदायिक बीउ बैंक, रैथानेबाली विकास कार्यक्रम मापदण्ड अनुसार कार्य सम्पन्न नभएकोले प्रगति कम देखिएको बताए ।

साना ब्यवसायीक फर्म स्थापना सहयोग, साना सिञ्चाइमा कार्यक्रम सम्झौता भए पनि फिल्ड अनुगमनका क्रममा तोकिएको भन्दा कम काम सम्पन्न भएकोले कम भुक्तानी भएको उनले प्रष्ट पारे । त्यस्तै रैथाने तथा स्थानीय बाली विकास कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा काम गर्न सम्झौता भएको तर लगानी नै जुटाउन नसक्दा कार्य सम्पन्न हुन नसकेको उनले जानकारी दिए ।

त्यसैगरि उन्नत बीउ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोग श्रोत केन्द्र स्थापना कार्यक्रममा बीउ प्रशोधनका लागि ठूला मेसिनरी सहयोगका लागि कुनै पनि संस्थाले ५० प्रतिशत लगानी जुटाउन नसकेपछि लक्ष्य प्राप्ती कम भएको जानकारी गराए ।

रैथाने बालीको प्रवद्र्धनमा कार्यालयले विशेष जोड दिइएको र जिल्लामा सञ्चालित होमस्टेहरुमा रैथाने बालीबाट बनेका खानेकुराहरु बनाउन सिकाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दुुरदराजका गाउँमा समेत कृषि शिविर, माटो परीक्षण तथा बाली उपचार शिविर सञ्चालन गरिएको, किसानहरुका समस्या पहिचान गरी समाधानका उपायहरु दिने र समाधानको पहलसमेत गरिएको बालि संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिए ।

किसानहरुलाई देखाएर पनि सिकाउन र परिवर्तन ल्याउन सकिन्छ भनेर किसानहरुलाई विभिन्न स्थानमा भ्रमणमा लैजाने गरिएको र क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist