बेसीशहर नगरपालिकाकाे बजेट ७७ करोड रुपैयाँ

लमजुङको बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

जिल्ला समन्वय समितिको हलमा आइतबार आयोजित दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन । नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर उपप्रमुख पद्मा गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेकि हुन् । बजेट नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी असार २५ गते पास गरिने नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

नीति, कार्यक्रमसँगै प्रस्तुत भएको बजेटमा चालुतर्फ ४५ करोड ३३ लाख र पुँजीगत तर्फ ३१ करोड ३९ लाख ६० हजार रहेको छ । संघीय र प्रदेश समानिकरण अनुदानबाट १५ करोड ११ हजार, संघीय र प्रदेश राजस्वबाट १२ करोड ५४ लाख १३ हजार, आन्तरिक आय र स्थानिय राजस्वबाट ११ करोड २६ लाख ३६ हजार, संघीय र प्रदेश सशर्त तर्फ ३१ करोड ७७ लाख, संघीय र प्रदेश समपूरक विशेषतर्फ  ३ करोड ५० लाख र अन्य तर्फ कुल २ करोड ६५ लाख अनुमानित बजेट रहेको छ ।

नगरपालिका आगामी वर्षका लागि विषयगत क्षेत्रको अनुमानित बजेट पनि प्रस्ताव गरेको छ । प्रस्तावित बजेट अनुसार आर्थिक विकास तर्फ ६ करोड ५५ लाख, सामाजिक विकास तर्फ ३५ करोड ११ लाख, भौतिक पूर्वाधार विकास तर्फ १८ करोड ३३ लाख ६० हजार बजेट प्रस्ताव गरेको छ ।

वातावरण तथा विपदव्यवस्थापन तर्फ १ करोड ४० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १५ करोड गरि ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख पद्मा गुरुङले बताईन ।

चालु आर्थिक वर्षको स्वीकृत बजेट भन्दा आगामी आर्थिक वर्षमा ८० लाख ४३ हजार कम बजेट प्रस्ताव गरिएको गुरुङले बताउनुभयो । चालु तर्फ आर्थिक वर्षको तुलनामा आगावी वर्षको बजेट ३ करोड ४० लाख वृद्धि भएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । पुँजीगत तर्फ ४ करोड २० लाख ४३ हजारले न्युन रहेको छ  ।
कार्यक्रममा बिषयगत समितिका संयोजक समेत रहेका वडा नं. २ का वडा अध्यक्ष मदनबहादुर राना, वडा नं. ८ का वडाअध्यक्ष पवित्रा थापा राना, वडा नं. ७ का वडा अध्यक्ष ऋषिराम बस्नेत, वडा नं. ६ का वडा अध्यक्ष प्रकाश थापा, कार्यपालिका सदस्य एवं प्रवक्ता हिरालाल विश्वकर्मा, वडा सदस्यहरु लगायतले नीति तथा कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन सुझाव राखेकाे बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।

नीति, कार्यक्रम, बजेट र नगरसभामा उठेका सवालहरुलाई नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाबिना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि सबैका राय, सुझावलाई ध्यान दिएर योजनागत रुपमा बजेट ल्याइने बताए । नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा प्रमुख प्रशासकिय इमनाथ कंडेलले स्वागत गरे भने कार्यक्रमको संचालन कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले गरेका थिए ।  

लोकदृश्य
+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist