लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २ गते प्रतियोगिता हुने भएको हो ।
१५ किलोमिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट शुरु भई, सुन्दबाजर नगरपालिका–८ अकला मन्दिर, बगैचा, सिउँडीबार, फेदीकुना, सुन्दरबजार कृषि क्यापस गेट, पाँउदी हुँदै फुलबारी, सिउँडीबार देखि कृष्ण बगैचामा समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरीने छ । त्यसै गरी द्धितिय पुरस्कार २५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार नगद १५ हजार पाँच सय ५० मेडल प्रमाण पत्र रहेको छ । सान्त्वनालाई पुरस्कार १० हजार पाँच सय रुपैयाँ र सहभागि प्रत्येकलाई प्रमाणपत्र प्रदान गरीने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगवहादुर गुरुङ (कालु) ले जनाकारी दिए ।
जिल्लामा खेल क्षेत्रको विकास तथा उत्कृष्ट खेलाडी उत्पादनका लागि संभावना धेरै भएपनि कार्यलयमा कर्मचारी नहँुदा तथा बजेट अभावका कारण पर्याप्त मात्रामा खेल गतिविधि सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष गुरुङको भनाई छ ।
उक्त प्रतियोगिताका लागि पुरस्कार सहित अनुमानित खर्च दुई लाख ४६ हजार ६ सय ५० रुपैयाँ छ । प्रतियोगिताकालागि प्रदेश सरकारबाट एक लाख आउने र अन्य खर्च समितिले जुटाउने समितिका सचिव विष्णु खड्काले बताए । कार्यक्रममा समितिका उपाध्यक्ष पार्वती वाग्ले पौडेलले स्वागत गरेकी थिइन भने गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य दिवाकर बराल ‘बासु’, निर्वतमान अध्यक्ष गोविन्द बस्नेत लगायत जिल्लाका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा देशभरका जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन पाइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलकुद क्षेत्रको प्रर्वद्धन सँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत यस प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















