सुन्दरबजार नगरपालिकाको प्रगति विवरण सार्वजनिक

लमजुङ ।सुन्दरबजार नगरपालिकाले जनप्रतिनिधि पदबहाल भएको एक वर्ष अबधीको गतिविधि सार्वजनिक गरेको छ । आइतबार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गरी गतिविधि सार्वजनिक गरेको हो ।

पलिकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये चालु खर्चतर्फ ६४ दशमलव ३५ प्रतिशत खर्च भएको जनाएको छ । नगरपालिकाका अनुसार चालुतर्फ ४७ करोड ७० लाख ३७ हजार रुपैयाँमध्ये ३० करोड ७० लाख १० हजार २ सय ८९ रुपैयाँ ५० पैसा खर्च भएको छ ।

पुँजिगततर्फ ३३ दशमलव ५१ प्रतिशत खर्च भएको छ । कूल २१ करोड ४ लाख ७६ हजार ८३ रुपैयाँमध्ये ७ करोड ५३ लाख ७ हजार ८ सय १४ रुपैयाँ खर्च भएको नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । कतिपय योजनाको भुक्तानी हुन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको उनले बताए ।

सुन्दरबजार नगरपालिकाको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ नगरस्तरीय र वडास्तरीय गरी २ सय २० योजना रहेकोमा उपभोक्ता समितिमार्फत संचालित १ सय ८० वटा योजना सम्झौता भइसकेको छ । अझै ४० वटा योजना सम्झौता भएको छैन । सम्झौता भएका योजनामध्ये ९७ वटा योजना सकिएर भुक्तानी भइसकेको छ । ८३ वटा योजना भुक्तानी बाँकी रहेको नगरप्रमुख कोइरालाले बताउनुभयो । यसमध्ये लागत साझेदारीमा आन्तरिक सडक पिच तथा ढकानका लागि ६ वटा योजना छन् ।

नगरपालिकाले सम्झौता हुन बाँकी योजनाहरुको सम्झौता मिति जेठ १० गतेलाई अन्तिम मिति तोकेको छ । असार १० गतेसम्म भुक्तानीको लागि अन्तिम म्याद तोकिएको नगरप्रमुख कोइरालाले बताए ।

सुन्दरबजार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले चालु आर्थिक वर्षमा ८ सय मिटर कालोपत्रे गरिएको बताए । ५ सय मिटर सढक ढलान भएको, ५ किलोमिटर सडक ग्राभेल गरेको र ३ किलोमिटर पक्की नाला निर्माण गरिएको बताए ।

पत्रकार भेटघाटमा भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबालिका तथा जेष्ठ नागरिक, सामाजिक सुरक्षा, रोजगार सेवा केन्द्रलगायत क्षेत्रमा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो । पत्रकार भेटभाटमा उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, लेखा अधिकृत नरेन्द्रराज घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन उपसविच ठाकुरजी तिवारीले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist