लमजुङ । नेकपा एमाले लमजुङले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा २०४९ र २०५४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ । नेकपा एमाले लमजुङको शुक्रबार बेसीशहरमा सम्पन्न आठौं पूर्ण बैठकले २०४९ र २०५४ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिको खोजी गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले २ महिनासम्म संचालन गरिएको मिसनग्रासरुट अभियानको समिक्षा समेत गरेको छ । लमजुङमा मिसन ग्रासरुट अभियानमामा जिल्लादेखी टोल कमिटीसम्म बैठक, भेला, प्रशिक्षण, जनप्रतिनिधिको भेला, सदस्य नविकरण र नयाँ सदस्यता विस्तार लगायतका कामले जनतासँगको सम्बन्ध जोड्न सहयोग पु¥याएकोले अभियानका खटिने, सहभागी हुने र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
एमाले बैठकले ७० बर्ष कटेका जेष्ठ सदस्यको लेबि निशुल्क गर्ने समेत निर्णय गरेको छ । बैठकले यहि जेठ भित्र सबै विभाग र जनवर्गिय संगठनको बैठक आयोजना गर्ने, जेठ १६ गते लमजुङबाट विभिन्न जनवर्गिय संगठनमा केन्द्रिय सदस्य रहनु भएकाहरुसँग बैठकको आयोजना गर्ने र पार्टी सदस्यता ब्यस्थापनका लागि ८ वटा कार्यदल गठन गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकले पार्टी सदस्यता ब्यबस्थापन लागि बेसीशहरको संयोजकमा यशोदा रिमाल, दोर्दीमा शुभाष पौडेल, सुन्दरबजारमा लोकराज पाण्डे, मध्यनेपालमा जनकराज मिश्र, क्ब्होलासोंथरमा कृष्णप्रसाद अधिकारी, मस्र्याङ्दीमा जितबहादुर गुरुङ, दुधपोखरीमा राजेन्द्र बोहरा र राईनासका लागि जिबराज घलेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको आठौ पूर्ण बैठकलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज जमीन्द्रमान घले, प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले मार्ग निर्देशन गरेका थिए भने बैठकको संचालन सचिव शुभाष पौडेलले गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख कृष्ण केसीले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















