बीर भक्ति थापाले छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता

लमजुङ । राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता राखिएको छ ।

बीर भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले बैशाख ६ गते हर्सिङडाँडामा छेलो, नृत्य र डोरी तान्ने प्रतियोगिता आयोजना गरेको हो । खुला पुरुष छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार र पगरी रहेको छ भने द्धितिय हुनेलाई नगद ३ हजार र पगरीको ब्यवस्था गरिएको छ ।

सोही स्थानमा खुला आमा समूह सामुहिक नृत्य प्रतियोगिता पनि राखिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्धितियलाई नगद ५ हजार र तृतियलाई नगद ३ हजार ब्यवस्था गरिएको छ । सोही क्रममा मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ को टोलस्तरीय पुरुष डोरी तान्ने प्रतियोगिता पनि राखिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार र द्धितिय हुनेलाई ३ हजार पुरस्कार ब्यवस्था गरिएको आयोजक समितिका सदस्य रवि थापाले जानकारी दिए ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ मा रहेको हर्सिङडाँडा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न लागिएको समितिका अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

ऐतिहासिक एवं पर्यटकीय स्थल हर्सिङडाँडामा पर्यटकको आगगमन बढ्न थालेको र यहाँ आउने पर्यटकहरु रात विताउने र क्यामफायर गरेर रमाउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए ।

यहाँबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरा, सिम्पानी, खुदीलगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ ।

समुन्द्री सतहबाट २ हजार २ सय ८४ मिटर उचाईमा रहेको यो ठाउँमा बेसीसहरदेखि खुदी हुँदै करिब २० किलोमिटरको यात्रामा पुग्न सकिन्छ । खुल्ला समथर भुभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृखला, मस्र्याङ्दी भ्याली यसको मुख्य आकर्षणहरु रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरउन्नतीलगायतका काममा गाउँपालिकाले सहयोग गरिरहेको छ ।

विसं १८०२ मा खुदीको ढंगैबँेसीमा जन्मिएका बीर भक्ति थापाको हर्सिङडाँडामा छेलो हानेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत छन् । अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने हर्सिङडाँडामा स्थानीय युवाहरुले ‘हर्सिङ कम्यूनिटी क्याम्प साइट’ सञ्चालनमा ल्याएका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist