पर्यटकिय गाउँ सिउरुङमा महोत्सव आयोजना

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ मा पर्ने होमस्टे गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२ औँ सिउरुङ महोत्सव हुने भएको छ ।

सिउरुङमा प्रत्येक वर्ष महोत्सव गरिँदै आएकोमा कोरोना संक्रमण जोखिमपछि महोत्सव हुन सकेको थिएन । यही बैशाख ७ गतेदेखि ९ गते सम्म विविध कार्यक्रमको आयोजना गरी सिउरुङ महोत्सवको आयोजना गरिने १२ औंँ सिउरुङ महोत्सव मूल आयोजक समितिका संयोजक नन्दबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धन साथै स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा स्थानीय खाना महोत्सव, संस्कृति प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहनेछ । प्राकृतिक दृश्यावलोकन, गुम्वा, तमू संग्रहालय, क्व्होइँबो, शिलादेवी मन्दिर, जलदेवी मन्दिर, कन्यादेवी मन्दिरलगायतको दर्शन गर्न सकिने महोत्सव आयोजक समितिले जनाएको छ ।

महोत्सवमा कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखु, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित हस्तकला सामग्रीको प्रदर्शन समेत गरिने महोत्सव मूल आयोजक समितिका सचिव पूर्णसिंह गुरुङले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त कलाकारहरु राजु गुरुङ, लक्ष्मी खड्का, जादुगर शेरबहादुर गुरुङ, कलाकार केशबहादुर गुरुङ, प्रिया गुरुङलगायतको प्रस्तुति रहने छ ।

महोत्सवमार्फत समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेको खेलापु डाँडालाई भ्यु प्वाइन्टको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । २०६२ सालदेखि ग्रामीण पर्यटन प्रवद्र्धनको थालनी भएको सिउरुङमा प्रत्येक वर्ष स्थानीय पर्वको रुपमा महोत्सव आयोजना गरिँदै आएको थियो । कोरोनाका कारण नियमित हुन नसकेको महोत्सवले अव निरन्तरता पाउने संयोजक घलेले बताए ।

समुद्री सतहदेखि करिब १ हजार ८ सय ५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको बस्ती छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता रहेको छ ।

कूल १ सय २० घर रहेको सिउरुङको १७ घरमा होमस्टे संचालन गरिएको छ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि २४ किलोमीटर उत्तरपश्चिममा पर्ने सिउरुङ बेंसीसहरदेखि खुदी, ढगैं हुंदै करिव २ घण्टामा मोटर चढेर पुग्न सकिन्छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist