राइनासटार सिञ्चाई आयाेजनाका प्रभावितले गरे चम्पावती हाइड्रोमा आगजनी

चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए।

राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा सुक्खा लाग्ने हुँदा बाँध माथि निकास हुने गरी आयोजना बनाउन लामो समयदेखि किसानहरूले माग गरिरहेका थिए। तर, निर्माण कम्पनीले किसानको माग सम्बोधन नगरेको भन्दै किसान आक्रोशित भएका उनको भनाइ छ।

आक्रोशित किसानहरू शनिबार दिउसो १ बजेतिर सो हाइड्रोपावर कम्पनीको सिरानचोक गाउँपालिका–२ पाण्डेवेशीस्थित कार्यालयमा पुगेका थिए। आन्दोलनको क्रममा उछृङ्खल समूहले कार्यालयमा तोडफोड र सवारीसाधनमा आगजनी गरेका हुन्। 

आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीट्रक र एउटा एक्साभेटर जलाएर पूर्ण रूपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए।

आगजनीबाट तीन करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत् आयोजनाका प्रवर्दक हरेराम ढकालले बताए। ‘बाँधभन्दा माथि नै निकास खस्छ। तर, कसैको उक्साहटमा किसानहरू त्यसरी अराजक भएर आउनु दुखद् भयो’, उनले भने, ‘अब हामी क्षतिपूर्ति र कारबाहीका लागि अघि बढ्छौँ ।’ प्रहरीले घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य गरिरहेको एसपी खनालले बताए। 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist