खुदीमा पुस्तक पसलमा आगलागी, करिब २० लाखको क्षति

लमजुङ । विद्युत सर्ट हुँदा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक स्टेश्नरी पसलमा आगलागी भएको छ ।

मंसिर २३ गते राती साँढे ११ बजेको समयमा पसलमा आगलागी भएको हो । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलको सञ्चालन गरेको स्टेश्नरी पसल आगलागी भएको हो । पौडेलले विगत १० वर्षदेखी खुदीमा स्टेश्नरी पसल सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट पसलमा रहेको स्टेश्नरी सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्चीटेवलसहितका सामाग्री जलेको प्रोप्राइटर विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तासमेत क्षति पुगेको छ । घरधनी भण्डारीले माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको बताए । उनले बरण्डामा सुकाएको कपडासमेत जलेको बताएका छन् ।

आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति भएको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् ।
खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।

राती वल्र्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेका थिए । उनीहरुले वरपरकालाई सुचित गरि सुरक्षित स्थानमा सार्नुका साथै पानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist