गएकाे स्थानीय निर्वाचन अघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ बाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिईरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूकाे प्रयासलाई ईन्कार गरिदिए ।
२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीय स्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयाे । ०७४ मा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवप्रसादविच गठबन्धन गर्ने विषयमा छलफल भएकाे थियाे । `चुनाव अघि पनि गठबन्धनका विषयमा उहाँ र मेराेविच कुराकानी त भएकाे हाे, तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने ।
दुवै नेता यसपटककाे चुनावमा आमनेसामने हुन नपराेस भन्ने चाहना राख्थे । तर, पार्टीले दुवैलाई जुधाईदियाे । काँग्रेससहितकाे गठबन्धनमा देव गुरूङ मैदानमा आउँदा पृथ्वीसुब्बा एक्लै लडे । कांग्रेसको सहयोगमा प्रतिनिधिसभामा जाने देवप्रसादको रहर पूरा हुन सकेन । २०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गरे।
विहिबार विहान साँढे ३ बजे परिणाम आएपछि करिव नाै बजेतिर देव गुरूङ बधाई दिन पृथ्वीसुब्बा बसेकाे हाेटलमा पुगे ।
पत्नी यशाेदा सुवेदी र जिल्ला ईन्चार्ज पारशमणी पाैडेलसहित पुगेका गुरूङले पृथ्वीसुब्बालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मात्रै दिएनन, फेरि एकपटक बाम एकताकाे पहल गर्न आग्रह गरे ।
गुरूङ पत्नी एवं स्थायी कमिटी सदस्य सुवेदीले पनि बाम एकता र सहकार्यकाे पहल गर्न आग्रह गरिन । `भेटघाटमा फेरि बाम एकताकाे विषयमा छलफल भयाे´, पृथ्वीसुब्बाले भने, `अब फेरि सरकार बनाउँदा कार्यगत एकता गराैं, त्यसपछि बिस्तारै पार्टी एकताकाे पनि वातावरण बन्छ भनें, उहाँले हुन्छ भन्दै मुन्टाे हल्लाउनुभयाे ।´
भेटघाटमा दुवैले देशमा ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















