दुई दशकपछि विरासत फर्काउँदै लमजुङ प्रदेश-१ मा काँग्रेसका गुरूङ विजयी

लमजुङको प्रदेशसभा-१ मा नेपाली कांग्रेसका उमेदवार टकराज गुरुङ निर्वाचित भएका छन् । उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन् ।

२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा घलेले ७ सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभाको यात्रा तय गरेका थिए । यसपटक तिनै घलेलाई पराजित गर्दै गुरुङले प्रदेश सभाको यात्रा तय गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार ३ सय ४३ मत पाएका छन् । निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

यो क्षेत्रमा करिब दुई दशकपछि नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ । २०५६ सालमा कांग्रेसले चुनाव जितेको यो क्षेत्रमा २०६४ मा माओवादीका बुद्धिराम गुरुङले चुनाव जितेका थिए । २०७० मा जमिन्द्रमान घलेले चुनाव जितेका थिए । २०७४ को चुनावमा नेकपा एमालेका धनञ्जय दवाडीले जितेका थिए ।

यसपटकको चुनावमा राप्रपाकी अप्सरा शाहले १ हजार १८ मत पाएकी छन् । मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले ४ सय ५६ र जसपाका सरस्वति गुरुङले १ सय १५ मत पाएका छन् ।

कुल ३८ हजार ३ सय ८४ मत खसेकोमा ९ सय ४८ मत बदर भएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist