लमजुङ प्रदेश-२ मा काँग्रेसका पाैडेल बिजयी

लमजुङकाे प्रदेश-२ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा पौडेलले १९ हजार ५ सय ५७ मत पाए भने प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए ।

राप्रपा उम्मेदवार ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत पाएका छन् । जसपाका युवराज दुराले २ सय ४१ मत पाएका छन् । नेपाली कांग्रेस बीपीका नवराज बसौलाले १ सय ४५ मत पाएका छन् ।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् । पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा बेंसीसहर नगरपालिका प्रमुखमा एमाले उम्मेदवार गुमानसिंह अर्यालसँग पराजित भएका हुन् ।

यसअघि कांग्रेसले जित्दै आएको यो क्षेत्रमा २०६४ मा एमालेका हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जितेका थिए । तिनै गुरुङलाई पराजित गर्दै कांग्रेसका चन्द्रबहादुर कुँवरले २०७० मा संविधानसभाको यात्रा तय गरेका थिए ।

कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पराजित गर्दै पृथ्वीसुब्बा गुरुङले २०७४ मा गण्डकी प्रदेशसभाको यात्रा तय गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist