मनाङमा नेकपा एमालेका उम्मेदवार पाेल्देन छेपाङ गुरूङलाई ३ सय २८ मतले पराजित गर्दै नेपाली काँग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन् ।
टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पाेल्देन छेपाङले २ हजार २ सय ४७ मत पाए । २०७४ काे निर्वाचनमा एमालेका पाेल्देन छेपाङले २ हजार १ सय ६७ मत ल्याएर काँग्रेसका टेकबहादुरलाई पराजित गरेका थिए । त्यतिबेला टेकबहादुरले १ हजार ९ सय १९ मत ल्याएका थिए ।
२०७० मा पनि टेकबहादुर नै विजयी भएका थिए । उनी श्रमराज्य मन्त्री समेत भएका थिए ।
मुख्य निर्वाचित अधिकृत उत्तम सिलवालका अनुसार प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन बहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गर्दै प्रदेश सभाकाे यात्रा तय गरेका हुन् ।
उनले १ हजार २ सय ५५ मत पाए । एमालेका उमेदवार राजन गुरूङले ९ सय २५ मत प्राप्त गरे ।
मनाङकाे प्रदेशसभा २ मा भने स्वतन्त्र उमेदवार ‘दीपक मनाङे’ राजीव गुरुङ निर्विराेध निर्वाचित भइसकेका छन् ।
मनाङमा ४ हजार ८ सय ४५ मत खसेकाे छ । मतदाता संख्या ६ हजार ४ सय ९६ रहेकाे थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















