लमजुङ-१ मा जमिन्द्रमान र टकराजको दोस्रो भेट, कस्ले मार्ला बाजी ?

निर्वाचनको मिति नजिकिँदै जाँदा लमजुङमा चुनावी सरगर्मी पनि बढ्दै गएको छ। उम्मेदवारको पक्ष विपक्षमा मत विभाजनसँगै जीत हारको चर्चा परिचर्चा चल्न थालेको छ। 

यसपटक लमजुङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा पुनः एमालेका जमिन्द्रमान घले र नेपाली कांग्रेसका डा. टकराज गुरुङ आमनेसामने छन्। 

उनीहरू दुवैजना २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी थिए। एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले यसपटक प्रतिनिधि सभा निर्वाचन लड्न चाहन्थे। कांग्रेस जिल्ला सभापति रहेका डा. टकराजपनि प्रतिनिधिसभा मै सिफारिस भएका थिए। तर, पार्टीले दुवैलाई प्रदेशमा झार्‍यो। घले र गुरुङ अहिले प्रदेशमा प्रतिष्पर्धा गर्दैछन्।

दोस्रो संविधानसभामा गुरुङलाई ७ सय ९८ मतले हराएर घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक घले आफ्नो जीतको विरासत जोगाउन कस्सिएका छन भने गुरुङ विरासत तोड्न। 

विगतमा कांग्रेसको ‘किल्ला’का रूपमा रहेको यस क्षेत्र २०६४ पछि बामपन्थी दलले कब्जा गरेका छन्। पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका बुद्धिराम तमु निर्वाचित भए। 

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका घले निर्वाचित भए भने ०७४ मा प्रदेशसभामा बाम गठबन्धनबाट एमालेका धनन्ञ्य दवाडी निर्वाचित भए। 

यतिबेला दुवैले चुनावी प्रचार तीव्र बनाएका छन्। दुवैले चुनाव जित्ने दावी पनि गरेका छन्। गठबन्धन भएकाले टकराज आफूले चुनाव जित्ने दावी गर्छन्। 

जमिन्द्रमान आफ्नो संगठन र लोकप्रियता राम्रो भएकाले चुनाव जित्ने बताउँछन्। दुवैको एउटै लक्ष्य छ, आफूले चुनाव जितेमा कृषि, पर्यटन, जलस्रोतसहित विकासका पूर्वाधारहरूमा काम गर्ने।  

लमजुङ प्रदेश १ मा ४ स्थानीय तह छन्। जसमध्ये २ वटा गाउँपालिकामा एमालेका अध्यक्ष, एउटा गाउँपालिका र एउटा नगरपालिकामा कांग्रेसले प्रमुख जितेका छन्। 

एमाले र कांग्रेसले एक-एक उपाध्यक्ष जित्दा माओवादीले दुईवटा उपप्रमुख जितेको छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमाले प्रतिस्प्रर्धी थिए। प्रदेश ‘१’ मा पर्ने बेंसीसहर नगरपालिका-१० र ११ वडाको अध्यक्ष एमालेले जितेको छ। 

प्रमुख/अध्यक्ष तथा वडाअध्यक्षले पाएको मतअनुसार एमालेभन्दा गठबन्धन ४ सय २१ मत अगाडि छ। एमालेले १९ हजार ७ सय ६ ल्याउँदा गठबन्धनले २० हजार १ सय २७ मत ल्याएका छन्। 

एमालेका जमिन्द्रमान जनतामाझ लोकप्रिय रहेकाले गठबन्धनको मत पनि तान्न सक्ने मतदाताहरूको आकलन छ। 

कांग्रेसका टकराजपनि अघिल्लो चुनावभन्दा यसपटक सशक्त रहेका छन, गठबन्धनको मत र आफ्नो दलका नेताहरूको चित्त बुझाउन सकेमा उनको पनि जीत नजिक रहेको सर्वसाधारणको बुझाइ छ। यी दुईमध्ये कुन नेताले बाजी मार्छन त्यो थाहा पाउन मंसिर ४ कुर्नैपर्ने हुन्छ। 

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist