लमजुङ–२ : कृष्णप्रसाद र भेषबहादुरकाे डेब्यु, कस्ले मार्ला बाजी ?

लमजुङको क्षेत्र नं. २ मा नेकपा एमालेबाट पहिलो पटक नयाँ अनुहार निर्वाचनमा लड्दैछन् । यसअघि सात पटकसम्म नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ लगातार उम्मेदवार बन्दै आएको यो क्षेत्रमा यसपटक जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले डेब्यू गर्दैछन् । 

सातपटकमा गुरुङले दुईपटक मात्र जित निकाले । पहिलो संविधानसभा निर्वाचन २०६४ मा नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई र ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट कृष्णप्रसाद अधिकारीलाई गुरुङले पराजित गरे । 

गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका पार्टीका उपमहासचिव गुरुङ यसपटक पनि प्रदेशमा दोहोरिन चाहन्थे । तर, पार्टीले उनलाई प्रतिनिधिसभामा र जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई प्रदेशमा टिकट दियो । ०५४ मा तत्कालिन उदिपुर गाविस अध्यक्ष जितेका अधिकारी यसपटक प्रदेशसभामा छिर्न चुनावी मैदानमा छन् । उनलाई अघिल्लो पटक गुरुङले जितेको साख जोगाउनुपर्नेछ ।

अधिकारीसँग नेपाली कांग्रेसबाट निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेलले प्रतिस्पर्धा गर्दैछन् । प्रदेश सांसदमा उनको पनि डेब्यू हो । यसअघि पटक–पटक जित्दै आएको कांग्रेसको साख जोगाउने जिम्मेवारी उनको काँधमा छ । 

लमजुङ–२ मा तीन नगरपालिका र एक गाउँपालिका पर्छन् । बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्व्होलासोथार गाउँपालिका । तीन पालिकाका सबै वडा र बेसीसहर नगरपालिकाको १० र ११ नं. वडा बाहेकका ९ वटा वडा यस क्षेत्रमा पर्छन् । यस क्षेत्रमा कूल ६९ हजार ९ सय ८४ मतदाता छन् । 

दुवै उमेदवार बेसीसहर नगरपालिकाका स्थानीय हुन् । लमजुङमा सबैभन्दा धेरै मत यही पालिकामा छ । दुवै स्थानीय भएकाले चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुख, सुन्दरबजार र मध्येनेपाल नगरपालिकामा उपप्रमुख र क्व्होलासोथार  गाउँपालिकामा क्ल्निस्वीप गरेको थियो । गठबन्धनबाट नेपाली कांग्रेसले मध्येनेपाल र सुन्दरबजार नगरपालिका प्रमुखमा जित निकालेको थियो । 

बेंसीसहर र क्व्होलासोथारमा गरेर एमाले ३ हजार ३ सय भन्दा बढी मतले अगाडि छ । सुन्दरबजार र मध्यनेपालमा प्रमुखले पाएको मतमा नेपाली कांग्रेस ९ सय ४२ मतले मात्र अगाडि छ । स्थानीय तहको मतलाई आधार मान्ने हो भने यसपटक एमाले उम्मेदवार कृष्ण अधिकारीलाई जीत निकाल्न सजिलो देखिन्छ ।

तर, कांग्रेस उम्मेदवार पौडेल बेंसीसहर बजारकै भएकाले उनले स्थानीय तहमा भन्दा मतभार बढाउन सक्ने मतदाताहरुको आंकलन छ । यदी पौडेलले बेंसीसहरबाट मत बढाएर अघि बढे र अन्य पालिकामा पनि सुधार गरे भने अधिकारीका लागि चुनौती हुनसक्छ ।

एमाले उम्मेदवार अधिकारी र कांग्रेसका पौडेल दुवै युवा हुन् । दुवै राजनीतिसँगै सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशिल छन् । प्रजातान्त्रिक युवा संघको अध्यक्ष, पार्टी सचिव हुँदै जिल्ला अध्यक्ष बनेका अधिकारी कानुन व्यवसायी पनि हुन् । उनले चार कार्यकाल जिल्ला बार ईकाईको अध्यक्ष भएर काम गरिसकेका छन् । 

तरुण दलको अध्यक्ष हुँदै पार्टी सभापति भइसकेका पौडेल उद्योग व्यवसायमा परिचित छन् । जिल्लामा रिसोर्ट सञ्चालन गरेका पौडेलले उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् । 

तरुण दलको अध्यक्ष हुँदै पार्टी सभापति भइसकेका पौडेल उद्योग व्यवसायमा परिचित छन् । जिल्लामा रिसोर्ट सञ्चालन गरेका पौडेलले उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् । 

अधिकारीले ०५४ मा गाविस अध्यक्ष बनेर काम गरिसकेका छन् भने पौडेल ०७० को स्थानीय निर्वाचनमा बेसीसहर नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । युवाहरुमाझ लोकप्रिय र पार्टीमा राम्रो छवि बनाएका यी दुई उम्मेदवारमध्ये प्रदेशसभामा छिर्ने सौभाग्य कसले पाउँछन्, त्यसका लागि मंसिर ४ नै कुर्नुपर्नेहुन्छ । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist