लमजुङमा आईतबार दिउसाे २:३० बजेसम्म ५ वटा साना दलबाट ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभा तर्फ ४ जना र प्रदेशतर्फ एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
लमजुङमा पहिलाेपटक नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि उम्मेदवारी दर्ता भएकाे छ । साे पार्टीबाट भक्तपुरका राजेन्द्रप्रसाद प्रजापतिले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी, राप्रपा नेपालबाट टकबहादुर गुरूङ, अमुल परिवर्तन मसिया पार्टीबाट नन्दजंग गुरूङले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी प्रदेशसभा (ख) मा हाम्राे नेपाली पार्टीबाट विमल घिमिरेले उमेदवारी दर्ता गरेका छन् ।
ठुला दलतर्फ सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरूङ, प्रदेश (क) मा नेपाली काँग्रेसबाट टकराज गुरूङ र प्रदेश (ख) मा भेषबहादुर पाैडेलले उमेदवारी दिने तयारी गरेका छन् ।
यस्तै नेकपा (एमाले) बाट प्रतिनिधिसभामा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश (क) मा जमीन्द्रमान घले र प्रदेश (ख) मा कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















