फेरि मुख्यमन्त्री बनेर अपूरा काम पूरा गर्छुः पृथ्वीसुब्बा गुरुङ


लमजुङ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न प्रदेशमा उमेदवार बन्न लागेकाे बताएका छन् ।

गण्डकी प्रदेश सरकारमा ३ बर्षसम्म मुख्यमन्त्री भएर काम गर्दा बाँकी रहेका अधुरा काम पूरा गर्न पुनः अाँफु मुख्यमन्त्री बन्नुपर्ने उनले बताए ।

अाईतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रेस चाैतारी नेपालद्वारा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै नेता गुरूङले मंसिर ४ गतेकाे निर्वाचनपछि संघ र प्रदेशमा एमालेकाे सरकार बन्ने दावी गरे।

गण्डकी प्रदेशमा नेकपा एमाले विगतमा भन्दा अहिले झन बलियाे भएकाले बहुमत पुग्ने उनकाे दावि थियाे ।

संघकाे सांसद मन्त्री भएर भन्दा मुख्यमन्त्री भएर नै प्रदेशकाे विकास गर्न सम्भव हुने भएकाले अाफुँले संघमा उठ्न चाहना नराखेकाे उनकाे जिकिर थियाे।

नेकपा एमाले लमजुङले लमजुङ प्रदेश ‘ख’ बाट प्रत्यक्षमा पृथ्वीसुब्बा गुरूङसंगै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी नाम सिफारिस गरेकाे छ ।

५ बर्षका लागि सरकारमा पुगेपनि ३ बर्षमै राजनीतिक घटना क्रमले सरकार ढल्दा अाफ्नाे याेजना पूरा गर्न नपाएकाे उनकाे भनाई छ ।

‘सुरुमा कानुन थिएन । भवन थिएन । स्रोतसाधन, बजेट थिएन । ति कुरा मिलाउन १ बर्ष लाग्यो । त्यसपछि काम सुरु भएको थियो । कोभिड महामारी अायाे, काम प्रभावित भयो’ उनले भने, ‘मेरा पालामा थालेका काम अहिले अलपत्र छ । अहिलेको सरकारले केही गरेन । अब ति काम पूरा गर्न, जनतालाई सरकारको अनुभूति गराउन पुनः मुख्यमन्त्री बन्ने सोंचमा छु । फेरी हुन चाहन्छु । जिल्लाबासीको सहयोगको अपेक्षा गर्दछु ।’

‘मैले ५ वर्ष, १० वर्ष र २५ वर्षमा के के काम गर्ने भनेर याेजना बनाएकाे थिँए । हामिले बनाएकाे अावधिक याेजना दक्षिण एसियामै उत्कृष्ट छ’ उनले भने, ‘यी याेजना पूरा गर्नपनि फेरै मेरै नेतृत्व र सरकार अावस्यक छ ।’ आफ्नो पालामा प्रदेशका ८५ स्थानीय तहका पालिका केन्द्रसम्म १२ महिना चल्ने २ लेनको बाटो बनाउन थालिएकोमा हाल अलपत्र रहेको उनले बताए । प्रदेशका ५ लाख ७८ हजार घरधुरी मध्ये ८५ हजार घरधुरीमा बिजुली नभएकाले आफ्नै पालामा बिजुली पुर्याउने, प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्य रहेकोमा काम अधूरा भएको उनले बताए ।

एक घर एक धारा, ताल संरक्षण, जलविद्युतको विकास, सिञ्चाई, युवालाई सिपमूलक तालिम र राेजगारी, गण्डकी विश्वविद्यालय, छोरीलाई प्राविधिक शिक्षाका लागि अनुदान दिने, सुत्केरी गराउन समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्दार, कृषि उत्पादनमा जोड, घरवास कार्यक्रम, सबै पालिकामा स्वास्थ्य केन्द्र र अस्पताल बनाउने अाफ्नाे याेजना पूरा गर्न बाँकी रहेकाे उनले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist