काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङ छुटेका छन् ।
उनलाई साधारण तारिखमा रिहा गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शुक्रबार श्रीमतीसहित क्यानडाको भिषाका लागि सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षामा खटिएका गुरुङले लाइनमा बस्न आग्रह गर्दा मन्त्रीमाथि दुर्व्यवहार भएको आरोप लगाएर पक्राउ गरिएको थियो ।
तर चौतर्फी विरोध भएपछि गृहमन्त्री बालकृष्ण खाँणले आज गुरुङलाई रिहा गर्न आज निर्देशन दिएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















