लमजुङ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ का निवर्तमान अध्यक्ष एवं नेकपा एमाले मर्स्याङ्दी गाउँ कमिटीका सचिवालय सदस्य सुमन गुरूङ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
साेमबार बेसीशहरस्थित नेकपा माओवादी केन्द्रकाे कार्यालयमा एक कार्यक्रमबीच उनी माओवादीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले पार्टीमा स्वागत गरेका थिए । यद्यपि उनी आईतबारनै माओवादी लमजुङको समन्वय समिति बैठकमा सहभागी भएका थिए । साेहि बैठकले उनलाई पार्टीको जिल्ला समन्वय समिति सदस्यमा मनाेनित गरेकाे थियाे ।
नेकपा एमालेले पटकपटक संसद विघटन गरेर प्रतिगमनतर्फ उन्मुख भएकाे र उत्पीडित बर्ग समुदायले प्राप्त गरेकाे अधिकार समेत समाप्त पार्न लागेको हुँदा अगामी प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन माओवादी केन्द्र लाई बिजय गराउन अग्रपंक्तिमा देखन आबश्यक परेको हुँदा आफू माओवादी केन्द्रमा आवद्ध भएको बताएका छन् ।
पहिलाे संविधानसभा चुनावपछि माओवादीसंग नजिक रहि स्थानीय क्षेत्रमा जलविद्युत आयाेजना लगायतका मुद्वामा आवाज उठाउँदै युवा नेतृत्वमा उदाएका गुरूङ २०७० काे दाेस्राे संविधानसभा निर्वाचनताका राप्रपामा प्रवेश गरेका थिए ।
त्यसपछि एमाले प्रवेश गरेका गुरूङले २०७४ काे निर्वाचनमा मस्याङ्दी ४ मा वडाअध्यक्षमा निर्वाचित भएका थिए । २०७४ मा उनी साेहि वडामा पराजित भएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















