हामखोला झरनामा सांस्कृतिक महोत्सव आयोजना

गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन् । लमजुङको मस्र्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने बाह््य र आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

पर्यटकको रोजाईमा परेको सोही झरनामा अझ आकर्षक बढाउन स्थानीय भने ‘वाटरफल फेस्टिबल’ गर्न जुटेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए । उनका अनुसार ‘एक नौलो सांगितिक अनुभुति, साथमा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति’ भन्ने नाराका साथ महोत्सव गरिन लागेको हो ।

यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सवलाई यसबर्ष पुनः निरन्तरता दिन लागिएको घलेले बताए ।

मस्र्याङ्दी गाउँपालिकाको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा स्थानीय कलासंस्कृति प्रदर्शनी साथै लक्ष्मी तामाङ, विशाल तामाङ, प्रशान्त तामाङ, प्रितम गुरुङ, पासाङ गुरुङ साथै स्थानीय कलाकारको जोडदार प्रस्तुति रहनेछ । यस्तै, रेन्ड व्याण्डको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन भदौ १७ गते बिहान ७ बजे बेंसीसहरबाट महोत्सवस्थलसम्म साइक्लिङ गरिने आयोजक हामखोला छहरा व्यवस्थापन समितिका सविच विशाल गुरुङले बताए ।

निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।

यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist