विद्यालय समयमा ठूला सवारी साधन बजार प्रवेश निषेध

लमजुङको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले बजार क्षेत्रमा विद्यालय तथा कार्यालय समयमा ठूला सवारी रोक लगाएको छ । विद्यालय तथा कार्यालय समयमा ठूला सवारी बजार क्षेत्रमा हुँदा यातायात समस्यासँगै दुर्घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले यस्तो नियम कार्यन्वयन गर्ने भएको हो ।

नगरपालिकाले जिल्लास्थित प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीको सहभागितामा छलफल गरी सो निर्णय गरेको हो । बजार क्षेत्रमा साँघुरो सडकमा सवारी साधनको चाप बढेसँगै विद्यालय समयमा बढी जाम हुने हुँदा विद्यार्थीसँगै कार्यालयका कर्मचारीमा बढी समस्या हुने गरेको छ ।

नगरपालिकाको निर्णयअनुसार बिहान ९ बजेदेखि १०:३० बजेसम्म, बेलुकी ४ बजेदेखि ५:३० बजेसम्म र शुक्रबारको दिन भने बेलुका ३ बजेदेखि ४:३० बजेसम्म बजार क्षेत्रमा मालबाहक तथा हेभी सवारी साधन प्रवेशमा निषेध गरेको हो । सो समयमा बजार क्षेत्रमा प्रवेश गर्ने सवारी साधनलाई रानीकुवामै रोक्ने र निर्धारित समयपछिमात्रै बजार प्रवेश गर्न दिने निर्णय भएको नगरपालिका राजस्व अधिकृत सुशीला श्रेष्ठले जानकारी दिइन् ।

बजार क्षेत्रमा ठूला सवारी साधन प्रवेशमा निषेधसँगै नगरपालिकाले बजार क्षेत्रको पार्किङलाई पनि व्यवस्थित गर्ने भएको छ । बजार क्षेत्रमा जथाभावी सवारी पार्किङले बजार अव्यवस्थित बनाएको भन्दै अबदेखि तोकिएको स्थानमा एक साइटमात्रै पार्किङ गर्न दिने निर्णय गरेको हो । सोबाहेक नगरपालिकाको अघिल्लो निर्णयअनुसार स:शुल्क पार्किङका लागि ठाउ छनोट गरी कार्यन्वयमा ल्याइने जनाएको छ ।

नगरपालिकाले बेसीसहरबाट जिल्ला बाहिर तथा जिल्लाकै विभिन्न स्थानमा जाने सवारी साधनलाई अनिवार्य बसपार्कबाट प्रस्थान गर्नुपर्ने निर्णय गरेको छ । साँघुरो सडकमा सवारी साधन क्युमा बस्दा ट्राफिक जाम बढेको र व्यवस्थापनमा कठिनाइ भएको भन्दै यातायात व्यवस्थापनका निम्ति सो निर्णय गरेको हो । साना तथा ठूला यात्रुबाहक सवारीले घरघरमै मान्छे बटुल्ने तथा पुर्‍याउने गर्दा पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख गुमान सिँह अर्यालको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमल, ट्राफिक प्रहरी, यातायात व्यवसायी एवं अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । बैठकले बजार व्यवस्थापन र यातायात व्यवस्थापनसम्बन्धी यसअघि गरिएका निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist