राईनासमा अपाङ्गता भएका २० जनालाई सहायता समाग्री वितरण 

राइनास नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण गरेको छ । 

नगरपालिकाले महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा मार्फत विभिन्न प्रकृतिको अपांगता भएका २० जनालाई सहयता समाग्री वितरण गरेको हो । पालिका भित्रका १० वटा वडाका शारिरिक अपाङगता भएका एक/एक जना गरी दश जनालाई ह्वीलचियर र दश जनालाई बैशाखी प्रदान गरिएको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सितादेवी गैह्रेले बताइन । 

सहायता सामाग्री नगरप्रमुख खड्गबहादुर गुरुङले अपाङ्गता भएका व्यक्ति तथा उनिहरुका संरक्षकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरपालिका उपप्रमुख पुष्पराज खनाल, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

राइनास नगरपालिकामा करिव चार सय जना विभिन्न प्रकृतिका अपांगता भएका व्यक्ति रहेको तथ्याक भएपनि अपांगता परिचयपत्र लिनेको संख्या भने २ सय ४८ जना मात्र रहेका छन् । जसमध्ये रातो कार्ड लिने क वर्गको अपांगता भएका १८ जना महिला र ३१ पुरुष गरि ४९ जना रहेका छन् । 

निलो कार्ड लिने ख वर्गको अपांगता भएका १ सय ५२ जना छन् । सो मध्ये महिला ६४ र पुरुष ८८ जना रहेका छन् । ग वर्गको अपांगता भएका १३ महिला २० पुरुष गरी ३३ जना रहेका छन् भने घ वर्गको अपांगता भएका पाँच महिला ९ पुरुष गरी १४ जना रहेका छन् । 

ग र घ वर्गको अपांगता भएका व्यक्तिहरुलाई क्रमश पहेँलो र सेता कार्ड प्रदान गरिन्छ । क र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले मासिक रुपमा समाजिक सुरक्षा भत्ता उपलव्ध गराउने प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले जानकारी दिए। ग र घ वर्गको अपांगता भएका व्यक्तिहरुलाई सरकारले दिन सेवा सुविधामा मात्र छुटको व्यवस्था गरेको छ । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist