लमजुङ अस्पतालमा नि:शुल्क डाइलोसिस सेवा सुरु

लमजुङ जिल्ला अस्पतालमा पहिलो पटक निःशुल्क डाइलोसिस सेवा सुरु गरिएको छ ।

शुक्रबारदेखि अस्पतालमा डाइलाेसिस सेवा सुरू गरिएकाे अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । पहिलाे दिन पहिलाे पटक एक ७० वर्षीया महिलामा उक्त सेवा सुरू गरिएकाे थियाे ।

पहिलो सेवा लिनेमा लमजुङकाे दोर्दी गाउँपालिका– ८ की ७० वर्षीया अनारुपि गुरुङ रहेकि छन् । अस्पतालका प्रशासन प्रमुख श्रेष्ठका अनुसार डाइलाेसिस सेवाका लागि अस्पतालमा कार्यरत चार जनाले त्यो सम्बन्धि तालिम लिएर आएका छन् ।

सो सम्बन्धी तालिम लिने जिल्ला अस्पतालका प्राविधिकहरूमा डा. इमल, डा. अञ्जु गुरुङ, अनिसा थापा र सुर्जना तामाङ रहेका छन् ।

त्यसैगरी, उनीहरूलाई सहयोग गर्न बागलुङ अस्पतालबाट बेलीसरा भुजेल र सावित्री बस्याल पनि जिल्ला अस्पताल लमजुङ आएका छन् । मेसिन जडान गर्न आएका इञ्जिनियरहरू शिशिर हुमागाई र गोमा अधिकारी पनि शुक्रबार विरामीसँगै सेवामा खटिएकाे श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुक्रबार तीन घण्टा लगाएर ती महिलालाई डायलोसिसको सेवा दिइएको थियाे ।

अब अस्पतालमा दैनिक १० जनासम्मलाई डाइलाेसिस सेवा दिन सकिने अस्पतालले जनाएकाे छ । तर, सुरूका केही दिन अस्पताल कर्मचारीहरूकाे दक्षता हाँसिल नगर्दासम्म दैनिक एक जनाका दरले सेवा दिने श्रेष्ठले बताए । मृगाैला राेगीहरूलाई सरकारले डायलोसिस सेवा निशुल्क गरेकाे छ ।

उक्त डायलोसिस मेसिन गण्डकी प्रदेश सरकारबाट अनुदान स्वरुप जिल्ला अस्पतालमा दिइएकाे हाे । यसअघि विरामीहरू डाइलाेसिस सेवा लिन तनहुँकाे दमाैलीसहित विभिन्न सहरका अस्पताल जाने गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist