
काठमाडौं : उपचारका लागि शिक्षण अस्पताल महारागञ्ज पुगेका एक जना कैदी फरार भएका छन्। ती जना सुरक्षाकर्मीसहितको टोलीले आँखा उपचारका लागि अस्पताल पुर्याइएका भानु बुढाथोकी फरार भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए।
डाक्टरलाई देखाउने बेला हत्कडी खोल्नेवितिकै झ्यालबाट भागेको निर्देशक घिमिरेले बताए। आँखा उपचारका लागि तीन जना प्रहरीले शिक्षण अस्पताल पुर्याएका थिए ।
आवश्यक अनुसन्धान र कैदी खोज्ने काम भइरहेको उनको भनाइ छ। रामेछापका करिब ३२ वर्षीय बुढाथोकी ८ वर्षदेखि ललितपुरको नख्खु करागारमा कैद भुक्तान गर्दै आएका थिए।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















