लमजुङ प्रहरी अप्रेसन : कबाडी बमे र दाेर्जे लागूऔषधसहित पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषध कारोबारमा संलग्न दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ सय ११ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका-८ का ४२ वर्षीय ‘कवाडी बमे’ भनेर चिनिने बमबहादुर बस्नेत र मर्स्याङ्दी गाउँपालिका-३, बुद्धबजार बस्ने पेटी ठेकेदारको काम गर्दै आएका २९ वर्षीय ‘दोर्जे’ नामले चिनिने भीमबहादुर तामाङ रहेका छन्।

लमजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलका अनुसार बस्नेत पाँच पटक पक्राउ परिसकेका छन्। 

२०६७ सालयता उनीविरुद्ध लमजुङ प्रहरीले तीन पटक र तनहुँ प्रहरीले एक पटक मुद्दा चलाइसकेको छ। तामाङ भने पहिलोपटक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार तामाङले घरमा लागूऔषध लुकाईछिपाई राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि कोठाको खानतलासी गर्दा लागूऔषध भेटिएको हो। 

तामाङको साथबाट प्रहरीले २ मिलिग्रामको डाइजेपाम एम्पुल ९० थान, फेनरगन ८९ थान बरामद गरेको छ। उनको साथमा रहेको दुईवटा मोबाइल र नागरिकतासमेत बरामद गरेको छ ।

कवाडी संकलन तथा बिक्रीवितरण गर्ने बस्नेतको कोठाबाट २ मिलिग्रामको डाइजेपाम एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले बताए।

दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट एक साताको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

डिएसपी श्रीमलका अनुसार लागूऔषधसहित पक्राउ परेका तामाङ र बस्नेतविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist