
लमजुङ । लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने भएपछि लमजुङमा रहेका सत्तापक्ष र विपक्षमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेले चासो देखाएका छन् ।
नेपाली काँग्रेस लमजुङ र नेकपा एमाले लमजुङले छुटछुट्टै विज्ञप्ती जारी गरी अस्पताल सम्झौताका विषयमा आधिकारिक प्रतिक्रिया दिएका हुन् ।
नेपाली काँग्रेस लमजुङका तर्फबाट जिल्ला कार्यसमिति सचिव विमल श्रेष्ठ र नेकपा एमाले लमजुङका तर्फबाट जिल्ला कमीटी अध्यक्ष कृष्णप्रसाद अधिकारीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी स्वास्थ्य जस्तो संवेदनशिल विषयमा प्रदेश सरकारको निर्णय परिपक्क नभएको आरोप लगाएका छन् ।
नागरिकलाई प्रदान गरिने स्वास्थ्य सेवामा सरकारको प्रत्यक्ष प्राथमिकता पर्नु स्वागत योग्य भएपनि लमजुङ जिल्ला अस्पतालमा हाल व्यवस्थापन भईरहेको सेवा प्रवाह आगामी दिनमा सोहि कायम रहनेमा शंका रहेको दुवै दलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
लमजुङ अस्पतालबाट जिल्लाबासीले हाल पाईरहेको सेवा प्रदेश सरकारको पुर्ण स्वामित्वमा गएपछि पनि सोहि अनुरुप हुने प्रत्याभुती गराउन दलहरुले माग गरेका छन् ।
अस्पतालको सेवा प्रवाहसँगै हाल कार्यरत कर्मचारीहरुको रोजगारीको पनि ग्यारेण्टी गर्न दलहरुको विज्ञप्तीमा माग गरिएको छ । स्वास्थ्य जस्तो संवेदनशिल विषयलाई अमुक पार्टी वा व्यक्तीको सत्ता स्वार्थको विषय नवनाउन र हाल अस्पतालमा कायम रहेको गुणस्तरीय सेवाको सुनिश्चिताता गर्न नेपाली काँग्रेस लमजुङ र नेकपा एमाले लमजुङले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचसिडसिएस) को सम्झौता खारेज गरी आफैं अस्पताल सञ्चालन गर्ने गरि तयारी गरेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















