
लमजुङ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, जिल्ला समन्वय समिति लमजुङको अध्यक्षमा लक्ष्मीप्रसाद सेढाई निर्वाचित भएका छन । शनिवार बेशिशहरमा सम्पन्न महासंघको भेलाले सेढाईको नेतृत्वमा जिल्ला समन्वय समिति चयन गरेको हो । त्यसैगरि सचिवमा दिपक बहादुर बोम्जन निर्वाचित भएका छन् ।
कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय नेता शम्भु चापागाई, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लमजुङका नेताहरु सुनिल सुनार,शोभा थापा, होम बहादुर विक लगायतको सहभागिता रहेको थियो । विष्णुचन्द्र श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शरद पन्थी, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष जीवनभक्त पौडेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय नेता चापागाईले अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कर्मचारीहरुको हकहितका लागि काम गर्न अब्बल रहेको दावी गरे । जनताको सेवाका लागि सेवाभाव राखेर काम गर्न पनि उनले सुझाव दिए ।
लमजुङका माओवादी नेता सुनिल सुनारले प्रदेश सरकारले संविधानमा मैलिक हकमा रुपमा रहेको स्वास्थ्य सेवालाई नागरिक तहमा पु¥र्याउन हालै गण्डकी प्रदेश सरकारले लमजुङ अस्पताललाई आफै सञ्चालन गर्ने निर्णयको स्वागत गरे ।
माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य शोभा थापाले पर्याबरणीय हिसावले पनि मानिस स्वास्थ्य रहनका लागि आबस्यक कदम चाल्न जरुरी रहेको बताइन् । कार्यक्रममा माओबादी युवा नेता होम बहादुर बि.कले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आबस्यक रहेको बताए ।
महासंघको पालिका स्तरीय संगठनको संयोजकहरु पनि चयन गरिएको छ । बेशीसहर नगरपालिकामा सलिना बोहोरा, राइनास नगरपालिकामा विष्णु प्रसाद पौडेल, दुधपोखरी गाउँपालिकामा मिना गुरुङ, मस्याङदी गाउँपालिकामा हिरावती वाइवा, मध्यनेपाल नगरपालिकामा घनश्याम घिमिरे, सुन्दरबजार नगरपालिकामा श्रीप्रसाद ढकाल, दोर्दी गाउपालिकामा सुजन सुनार संयोजक भएका छन् ।
सोही कार्यक्रममा घटक संगठनहरुका जिल्ला संयोजकहरु तेकिएको छ । प्रगतिशिल चिकित्सक संघ, लमजुङको संयोजकमा डा. अमूल्य सोति, आयुर्वेद तर्फ हरिनारायण यादव, नर्सिङतर्फ कल्पना गुरुङ, सि.एम.ए तर्फ रामचन्द्र ढकाल, निदान तर्फ कुमारबाबू तिवारी, स्वास्थ्य सहायक तर्फ राजेश दुलाल, डेन्टल तर्फ सिर्जना बराल अधिकारी, फार्मेसी तर्फ सरोज श्रेष्ठ चयन भएका छन् ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ लमजुङ जिल्ला संस्थापक सदस्य विष्णु पौडेल स्थानीय निर्वाचन–२०७९मा राइनास नगरपालिका वडा अध्यक्ष पदमा निवार्चित भएकोमा संगठनको तर्फबाट सम्मान गरिएको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















