बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।

वीरबहादुर र उहाँको पत्नी चिजाको दैनिकी तरकारी खेतीमा बित्ने गर्छ । १० वर्षदेखि तरकारी खेतीमा लाग्नुभएका यी दम्पतीको एउटै चिन्ता थियो, उत्पादित तरकारीको बजारीकरण कसरी गर्ने भनेर । उहाँजस्तै बेसीसहर नगरपालिकाका अन्य किसानलाई पनि उत्पादन भएको तरकारी कहाँ लगेर बेच्ने भन्ने समस्याले पिरोलिरहन्थ्यो । 

बिहीबार सदरमुकाम बेसीसहरमा किसानका तरकारी बेच्न ‘किसान घर’ स्थापना भएपछि वीरबहादुरजस्ता सयौं किसानहरू खुसी भएका छन् । “तरकारी फलायो, बेच्नका लागि घरघरै हिँड्नुपर्ने समस्या थियो” किसान वीरबहादुर विकले भन्नुभयो, “अब किसान घरमा डोको बिसाउन पाउँदा खुसी लागेको छ ।” 

बेसीसहर–१० बाँझाखेतका किसान केशबहादुर गुरुङले पनि किसान घर स्थापनाले किसानलाई खुसी थपेको बताउनुभयो । किसानका तरकारी, फलफूल तथा अन्नपात खरिद गरी र उपभोक्तालाई सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले लमजुङ सदरमुकाम बेसीसहरमा किसान घर सञ्चालनमा ल्याइएको हो । 

बेसीसहर –८ ठाडो लाइनमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको किसान घरलाई बेसीसहर नगरपालिका र ग्रामीण सामुदायिक विकास केन्द्रले सहयोग गरेका छन् । एकता कृषि सहकारी संस्थाले सञ्चालन गरेको किसान घरमा ग्रामीण सामुदायिक विकास केन्द्रले दुई लाख ९८ हजार सहयोगमा कोल्ड स्टोर समेत स्थापना गरिएको छ । 

संस्थाले घरभाडा, झोला र बिउपूँजीका रूपमा एक लाख रुपियाँ सहयोग गरेको ग्रामीण सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो । 

बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले किसानलाई उत्पादनमा प्रेरित गर्न र उत्पादन गरेपछि बिक्री हुन्छ भन्ने विश्वास दिलाउन किसान घरले सहयोग गर्ने बताउनुभयो । 

किसानको घरखेतमै पुगेर उत्पादित वस्तु बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब गाउँको उत्पादनले बजार पाउँछ, बजारकाले स्वच्छ र अर्गानिक तरकारी खान पाउने छन” अर्यालले भन्नुभयो, “बजारीकरणको समस्या नभएपछि उत्पादनमा पनि वृद्धि हुन्छ भन्ने विश्वास लिएका छौं ।”

दूध, तरकारी, फलफूल तथा मह उत्पादन वृद्धि गर्न नगरपालिकाले किसानलाई सहयोग गर्दै आइरहेको उपप्रमुख पदमा गुरुङले बताउनुभयो । उहाँले अबका दिनमा उत्पादनमा आधारित भएर अनुदानको व्यवस्था गर्न कृषि घरले टेवा पुग्ने बताउनुभयो । 

एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले किसानका उत्पादन उपभोक्ताको भान्सासम्म लग्न आफूहरू लागि पर्ने बताउनुभयो । उहाँले बजारका चोक–चोकमा कृषि एम्बुलेन्समार्फत तरकारी बेच्ने योजना रहेको बताउनुभयो । 

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist