एकतिसाैं त्रिवेणी कप : शुक्रबारका खेलमा बेसीसहर, सामाना र ठाडाराई अधिकारी समाज विजयी




लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे ३१ औं संस्करण अन्तर्गत शुक्रबार ३ खेल सम्पन्न भएका छन् ।

सहजी खेलमैदानमा भएको पहिलो खेलमा बेंसीसहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराएको छ । बेंसीसहरको तर्फबाट धिरज तामाङले पहिलो हाफको ६ मिनेटमै गोल गरे । सन्दिप गिरीले दोस्रो हाफको ११ औं मिनेटमा गोल गरेर जितलाई सुनिश्चित बनाए ।

दोस्रो खेलमा सामना युवा क्लव तुरतुरेले काष्ठमण्डप रेष्टुरेन्ट एण्ड बार भुइँखेल फुटवल क्लव काठमाडौंलाई १–० गोलले पराजित गरेको छ । सामनाको तर्फबाट रोशन क्षेत्रीले पहिलो हाफको १७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्याे ।

तेस्रो तथा अन्तिम खेलमा ठाडाराई अधिकारी समाज दिहीथोकले पेन्गुइन एजुकेशन भरतपुर २४ लाई ३–१ गोलले हराएको छ । ठाडाराइको तर्फबाट सुनिल गोलेले पहिलो हाफको १५ औं मिनेटमा गोल गरे। पहिलो हाफकै २१ औं मिनेटमा गोलेले नै अर्काे गाेल थपे । ठाडाराइको तर्फबाट अनिल चौधरीले पहिलो हाफको ३२ औं मिनेटमा गोल गरी थप अग्रता दिए । पेन्गुइनका तर्फबाट मनिष गिरीले दोस्रो हाफको पहिलो मिनेटमै सान्त्वना गोल फर्काए । त्यसपछि पेन्गुइनका तर्फबाट गाेल फर्काउन सकेनन् ।

दोस्रो चरणमा प्रवेश गरेको बेंसीसहर नगरपालिका र बेंसीसहर युथ सोसाइटीबीच पुस १६ गते प्रतिष्पर्धा हुनेछ । समाना युवा क्लव तुरतुरे र लालीगुराँस युवा क्लब भुजुङबीच पुस १७ गते खेल हुनेछ । ठाडाराई अधिकारी समाज र लाङ्दीदेवी युवा क्लव नाल्माबीच पुस १७ गते नै खेल हुने आयोजक त्रिवेणी युवा क्लवका खेल संयोजक सिजन श्रेष्ठले जानकारी दिए ।

शनिबारको पहिलो खेल क्वीन गोर्खाज सिग्नल्स् फुटवल क्लव युके र अभिषेक चर्च रजहरबीच बिहान साँढे ९ बजे हुनेछ । दोस्रो खेल एलजी एसोसिएसन पोखरा र बाग्मती फुटवल क्लव सर्लाहीबीच दिउँसो साँढे १२ बजे हुनेछ । अन्तिम खेल विभागीय टीम त्रिभुवन आर्मी र नेपाल भानु युनाइटेडबीच साँढे २ बजे खेल हुने आयोजक त्रिवेणी युवा क्लवका सचिव प्रविन वाग्लेले बताए ।

शनिबार क्वीन गोर्खाज र विभागीय टीम नेपाली आर्मीको खेल हुने भएकाले खेल थप रोचक बन्ने र दर्शक पनि बढी आउने क्लवका अध्यक्ष राजकुमार घिमिरेले अपेक्षा गरेका छन् ।

बिगत तीन दशकदेखि लगातार फुटबल प्रतियाेगिता आयाेजना गर्दै आएकाे त्रिवेणी युवा क्लव बेसीशहरले यस बर्ष पुरस्कार राशीमा भारी बृद्धि गरेकाे छ । पाेखराकाे सहारा युथ क्लवले आयाेजना गर्ने आहा रारा गाेल्डकपकाे पहिलाे पुरस्कार १० लाख छ । त्रिवेणी युवा क्लवकाे आयाेजनामा बिहीबारबाट शुरू हुने प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist