युनाइटेड कप फुटवल : उपाधी आयोजककाे पाेल्टामा !



लमजुङ । मर्स्याङ्दी गाउँपालिका-२, घनपोखराको केकेम खेलमैदानमा आयोजित १६ औं युनाइटेड कप फुटवल प्रतियोगिताको उपाधी आयोजककाे पाेल्टामा गएकाे छ ।

फाईनल खेलमा मर्स्याङ्दी ५, घेर्मुलाई ट्राईबेकरमा हराउँदै मर्स्याङ्दी- घनपाेखराकाे युनाइटेड विच युवा क्लवले उपाधी चुमेकाे हाे । उपाधी जितेको आयोजकले नगद १ लाख रुपैयाँ, युनाइटेड कप, जनही स्वर्ण पदक र प्रमाण पत्र पाएको छ । उपविजेता घेर्मुले नगद ६० हजार रुपैयाँ, जनही रजत पदक र प्रमाण पत्र पाएको छ ।

शनिबार फाइनलको निर्धारित समयमा दुबै टिमले कुनै पनि गोल गर्न नसकेपछि टाइब्रेकरमा मर्स्याङ्दी २ ले मर्स्याङ्दी ५ लाई ३–२ गोलले हराएको हो ।

प्रतियोगिताभर वडा नं. ५ का प्रमोद गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । मर्स्याङ्दी-६ का आश्विन गुरुङ (जोर्डन) सर्वाधिक गोलकर्ता घोषित भएका छन् । दुवैले ५–५ हजार रुपैयाँ नगद र स्वर्णपदक पाएका छन् ।

महिला कुर्चीचाल प्रतियोगितातर्फ मर्स्याङ्दी गाउँपालिका ३, खुदीका विद्या लामा प्रथम भईन । पुरुष कुर्चीचाल प्रतियोगितामा पनि खुदीकै सुनिल तामाङ प्रथम भए । डोरी तान्ने प्रतियोगितामा दूधपोखरी युवा क्लव प्रोवी मर्स्याङ्दी-२ प्रथम भयाे । कालिज टिपाइमा पनि प्रोवीकै नवीन तामाङ प्रथम भए।

युनाइटेड बिच युवा क्लव घनपोखराले तमू ल्होसार पर्व २०८० को अवसरमा पुस १ गतेबाट ७ गतेसम्म आयोजना गरेको १६ औं युनाइटेड बिच फुटवल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।

विजयी टिम र खेलाडीलाई मर्स्याङ्दी गाउँपालिका २ का वडाअध्यक्ष चेतबहादुर गुरुङ, माथिल्लो खुदी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठ, आयोजक युनाइटेड बिच युवा क्लवका अध्यक्ष भक्तबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवका सचिव पुष्पराज गुरुङले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist